रंगेली बसपार्क निर्माणमा लापरवाही कमसल इट्टाको प्रयोग


मकालु खबर, मोरङ ।स्थानीयबासीको बिरोधपछि रंगेली बसपार्क निर्माणका लागि ल्याइएको कमसल सामाग्री फिर्ता भएको छ । सरकारको ९६ लाख र रंगेली नगरपालिकाको संयुक्त लगानीमा निर्माणाधीन बसपार्कमा ठेकेदारले कमसल इट्टाको प्रयोग गर्न खोजेपछि स्थानीयबासिन्दाले बिरोध जनाएका थिए ।
स्थानीयको बिरोधपछि इट्टा फिर्ता हुने भएको हो । असार मसान्तभित्रमा निर्माण गरिसक्ने गरी ठेक्का पाएको श्रेष्ठ कन्ट्रक्सन बिराटनगरले १ करोड ६ लाखमा ठेक्का पाएको छ । ठेकेदारले बसपार्क निर्माणका क्रममा सिराहबाट न्युन गुणस्तरको इट्टा ल्याएपछि स्थानीयबासिन्दाले इट्टाको गुणस्तरमाथी प्रश्न उठाउँदै नगरपालीकालाई खबरदारी गरेका थिए । स्थानीयको बिरोधपछी बिहिबार नगरपालीकाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मी, इन्जिनियर श्यामसुन्दर सिंहसहितको टोलीले बसपार्कको स्थलगत अनुगमन गरेका थिए । अनुगमनको क्रममा कमसल इटा प्रयोग गर्न ल्याएको देखेपछि उहाँहरुले ठेकेदारलाई सो इट्टा प्रयोग नगर्न सचेत गराएपश्यात इट्टा फिर्ता हुने भएको हो ।
नगरपालीकासँग सम्झौता भए अनुसार १ नम्बर इट्टा प्रयोग नगरी ठेकेदारले गुणस्तरहीन कमसल इटा प्रयोग गरेकाले बिरोध गर्नुपरेको स्थानीयबासी मोसिम आलमले बताए । ठेकेदारले बसपार्क निर्माणको क्रममा पुरानो टहरा भत्काउँदा निस्किएको इट्टा समेत प्रयोग गरेको स्थानीयबासीले आरोप लगाएका छन् । विहीबार रंगेली नगरपालिकाले अनुगमन गर्ने क्रममा स्थानीयबासीले पूरानो टहराको प्रयोग गरेको इटा समेत निकालेर फालेका थिए ।
गाउबासीले निर्माण सामाग्रीलाई चित्त नबुझाएकोले ठेकेदारको कमि कमजोरी स्पष्ट देखिएको अनि सम्झौता अनुसार काम नभएको स्थानीयबासी भुवन रायको आरोप छ । यस्तै स्थानीयबासी नइम आलमले आफुहरुले बिकासको बिरोध नगरेको भन्दै गुणस्तरीय कामको पक्षमा रहेकाले निर्माणको क्रममा गुणस्तरहिन काम भईरहेकामा बिरोध गरेको बताए ।
रंगेली नगरपालीका इन्जीनियर श्यामसुन्दर सिंहले अनुगमन पश्चात कमसल इट्टा प्रयोगका लागी ल्याईएको देखिएकाले सो इट्टा प्रयोग नगर्न ठेकेदारलाई सचेत गराईको बताए । श्रेष्ठ कन्ट्रक्सन बिराटनगरका ठेकेदार राम प्रसाद श्रेष्ठले भने अर्को इट्टा ल्याएर काम सुचारु गर्ने भन्दै पुरानो टहराको इट्टा प्रयोग गरेको बिषय भने आँफुलाई थाहा नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eight =