नेपथ्य समुहका अमृत गुरुङ माथि गीत चोरीको आरोप

२०७४ जेठ १५ गते

कात्तिक २५, झापा । रेडियो नेपालका पुराना गायक तथा नेपाली लोक गीत संगीतका धरोहर एलपी जोशीले आफनो चर्चित गीत खिपीमा खिपी बिनायो बाजा, भन्ने गीत नेपथ्य समुहका अमृत गरुङले सबै लय र भाका नै सबै चोरको आरोप लगाएका छन ।
उनले आफनो गीत चोरी भएको आरोप लगाए । उनले भने चर्चित गायकले यसरी गीत चोरी गरेर गाँउलान भनेर आफुले कल्पना पनि नगरेको उनले बताए । उनले यसरी बिना अनुमति अरुको गीत चोरी गर्नेलाई चोर भन्न आफुलाई कुनै अप्ठयारो नभएको बताएका छन ।
यसरी पुराना गीत संगित बिना अनुमति चोरी गर्दा त्यस्ता श्रष्टा माथि अन्याय भएको छ । उनीहरुले सिर्जना गरेको रचना शब्द र संगित नै चोरी हुँदा उनीहरुको अनुमति लिनु आबश्यक हुन्छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित