चोरीको अनौठो घटना, रातारात ८ सय मिटर सडक नै चोरी

“बेइजिङ, माघ २०। चीनमा चोरीको अनौठो घटना प्रकाशमा आएको छ । चोरले ८ सय मिटर सडक नै रातारात भत्काएर चोरी गरेको घटना प्रकाशमा आएको हो ।

चाइना न्यूज सर्भिसमा प्रकाशित विवरणअनुसार जिआङ्गसू प्रान्तमा झु नाम गरेका एक व्यक्तिले यसरी सडक चोरी गरेका हुन् । उनले सडक भत्काएर निकालेको कंक्रिट र अन्य सामाग्री एउटा उद्योगलाई बेचेका हुन् ।

८०० मिटर सडकबाट उनले करिब ५०० टन कंक्रिट निकालेका थिए । उनले कंक्रिट ५००० युआनमा बेचेको बताइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनले भने, ‘यो सडक कसैले प्रयोग गरेको थिएन, त्यसैले भत्काएर यसका कंक्रिट निकालेर बेच्दा राम्रो आम्दानी हुन्छ भन्ने लागेर मैले भत्काएको हो ।’

चिनियाँ सामाजिक संजालमा यो घटनाका बारेमा हजारौंले प्रतिक्रिया व्यक्त गरेका छन् ।

एजेन्सी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =