बुढासुब्बा गोल्डकपमा थ्रीस्टार र सुदूरपश्चिम भिड्दै

धरान, माघ २३ । सुनसरीको धरानमा जारी २०औँ बुढासुब्बा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज थ्रीस्टार क्लब र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरे क्लब थ्रीस्टार र राष्ट्रिय टोलीका केही खेलाडी अनुबन्धन गरेको सुदुरपश्चिम ११ दुबै टोली सहज जितसहित अघिल्लो चरणमा स्थान बनाउने प्रयासमा रहेका छन् । धरान रंगशालामा अहिले खेल शुरु हुँदैछ ।

यसअघि नेपाल पुलिस क्लब, भारत कोलकत्ताको दुर्गापुर स्टिल र संकटा क्लबले अन्तिम चारमा स्थान बनाईसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =