मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

२०७४ जेठ १५ गते

सल्यान, माघ ३ । सल्यानमा मोटरसाइकल दुर्घटना हँुदा एक जना कर्मचारीको मृत्यु भएको छ ।
मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै मृत्यु भएको हो ।
मंगलबार बेलुकी कार्यालय समय सकेर घर फर्कने क्रममा बागचौर पातीहाल्न सडकखण्डको शारदा नदीनजिकै मोटरसाइकल दुर्घटना हुँदा डाँगीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।
हिजो राति घर नपुगेपछि बिहान खोजी गर्दा डाँगीको शव फेला परेको प्रहरीले जनाएको छ । डाँगी सवार मोटरसाइकल सडकदेखि २० मिटर तल खोल्सोमा खसेको थियो ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित