पोखरामा बसले ठक्कर दिंदा एकको मृत्यु

पोखरा, माघ १७ । पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासीनि चोकमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

ना ६ ख ८९९६ नम्बरको बसले ठेलामा पानीपुरी चटपट बेच्ने भारत मोतिहारी घर भई हाल पोखरा लेखनाथ महानगरपालिका ४ स्थित गणेश टोल बस्ने वर्ष ५१ को राज किशोर जैसवाललाई ठक्कर दिदा मृत्यु भएको हो ।

घाइतेलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा चिकित्सले उनलाई तत्कालै मृत घोषणा गरेका थिए । बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 8 =