जनताको प्रत्यक्ष हेरविचार गर्ने सरकार निर्माणका लागि वाम गठबन्धन

कार्तिक २९, गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको प्रत्यक्ष हेरविचार गर्ने सरकार निर्माणका लागि वाम गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।माओवादी नेता तथा गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठका लागि भोट माग्दै अध्यक्ष ओलीले वाम गठबन्धनले चुनाव पछि जनताले चाहेको सरकार गठन गर्ने बताए ।

गोखराको अजिरकोट गाउँपालिका स्थित भच्चेक बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी समाजवादतर्फ त जाने नै हो’, उनले थपे, ‘गास, बास, कपास मात्रै होइन सम्पूर्ण आधारभूत आवश्यकता, सुरक्षा दिने, सम्मानित भएर बाँच्न सक्ने, जनताका निम्ति हेर विचार गर्ने सरकार निमार्ण गछौं, त्यसका लागि वाम गठबन्धनलाई भोट दिनुस् ।’

अबको सत्ता पूँजीपतिहरुका लागि मात्र नभई जनताका लागि हुने भन्दै ओलीले त्यही सत्ता नै समाजवाद भएको बताए । अहिले वाम गठबन्धनप्रति जनताको विश्वास रहेको भन्दै ओलीले एकता प्रयासलाई समेत सकरात्मक लिएकोले विश्वास भत्किन नदिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *