‘प्रदेश १ को मु्ख्यमन्त्री मै हुँ’ : राई

विराटनगर, माघ १५ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व संचारमन्त्री शेरधन राईले आफु १ नम्बर प्रदेशको मुख्यमन्त्रीको बलियो दाबेदार भएको बताएका छन् । पार्टी स्थायी समितिको बैठकले मिति तय गरेपछि संसदीय दलको बैठक बस्ने र दलको नेता चुनिने बताए ।

उनले ढिलो भएपनि आउँदो फागुनको २ गते भित्रमा प्रदेशसरकार बनिसक्ने पनि दाबी गरे । पार्टीका अन्य नेताले पनि मुख्यमन्त्रीमा चाहना राख्नु र संसदीय दलमा जित्छु भन्नु अन्यथा नभएको राईको भनाई थियो ।

उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्ने भन्ने विषय केपी ओली र प्रचण्डको आपसी सहमतिमा तय हुने बताए । ‘दुई मूल नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भयो भने दुवै पदमा एउटै व्यक्ति पनि हुनसक्छ,’ राईले भने, ‘होइन फरक–फरक व्यक्ति हुनुपर्छ भन्ने विषयमा सहमति भयो भने त्यसै पनि हुनसक्छ ।’ विचार र नीतिको विषयमा भने तत्कालिन विषय मिलाएर महाधिवेशनबाट नीति तथा कार्यक्रम ठोस गर्नुपर्नेमा राईले जोड दिए ।

सरकार गठनभन्दा अगाडि पार्टी एकता होस् भन्ने आफ्नो चाहना भए पनि नीति र नेतृत्वको विषयले केही दिन लम्बिनसक्ने भएका कारण सरकार गठन रोक्न नहुने उनको धारणा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =