बिश्वप्रसिद्ध जी–ग्रुपको प्रि–स्कुल धरानमा

भरतराज शर्मा (गोपाल) जेठ, ७ धरान
२ बर्षदेखि ५ बर्षसम्मका स्कुल नजाने बालबालिकालाई लक्षित गरी सुनसरीको धरानमा किड -जी प्रि–स्कुल सञ्चालनमा आएको छ ।
ब्यस्त जीवनशैली तथा आफना बालबालिकाहरु सँगै धेरै समय बिताउन नसक्ने अभिभावकहरुलाई लक्षित गर्दै जी ग्रुपले आफनो १५ औं शाखाका रुपमा सुनसरीको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हाता भित्र किड्स-जी प्रि-मन्टेश्वरी सञ्चालनमा ल्याएको हो ।

कामकाजी ब्यस्त अभिभावकलाई आफना छोराछोरी हुर्काउन र असल संस्कार सहितको शिक्षा दिन मन्टेश्वरी सहयोगी हुने बिद्यालयकी जनसम्पर्क अधिकारी सरस्वती श्रेष्ठले बताईन् ।किड्स–जी मन्टेश्वरी तथा प्रि–स्कुलमा बालबालिको सर्वाङ्गिण विकासका लागि आवश्यक सम्पूर्ण सुविधा उपलब्ध रहेको छ । मन्टेश्वरीले बालबालिकालाई दक्ष मन्टेश्वरी तालिम प्राप्त शिक्षिक शिक्षिकाबाट सिकाई, खेलाईका माध्यमबाट पठनपाठन गराउँने ब्यवस्था गरेको छ । मन्टेश्वरीमा दिवा आवासिय सुबिधा, स्वस्थ र पोषणयुक्त खाना–खाजाको ब्यवस्था गरेको मन्टेश्वरीका निर्देशक शैलेस कुमार शाहले बताए ।
अन्य मन्टेश्वरी तथा प्रि–स्कुलहरुले सेवा अनुसार आ–आफनै किसिमले शुल्क निर्धारण गरेको पाईन्छ । प्रि–स्कुलले मासिक २ हजार देखि ६ हजार रुपैयासम्ममा बालबालिकाहरुलाई खाना–खाजा सहित उनीहरुको स्याहारसुसारको जिम्मा लिने छ । भारतको कलकत्ताबाट मन्टेश्वरीमा प्रशिक्षण दिन आएका जी ग्रुप कम्पनीका लर्न प्राईभेटी म्यानेजर अभय शुक्लाले मन्टेश्वरी पद्दतिले बालबालिकालाई विद्यालय जान प्रेरित गर्नुका साथै उनीहरुको शारिरीक मानसिक विकासमा ठूलो टेवा दिने बताए ।
दिवा आवासिय सुबिधा उपलब्ध मटेश्वरीमा तीन देखि आठ घण्टासम्म बालबालिका राखिने गरिन्छ । बालबालिकाको वृत्ति विकासको लागि स्वास्थ्य बर्धक पौष्टिक आहार, बाल खेलकुद सामग्री, पुर्व–प्राथामिक शिक्षा लगायतका अन्य अत्यावश्यक शैक्षिक सामग्रीको व्यवस्था मन्टेश्वरीमै गरिएको छ ।








