सङ्घीयता र गणतन्त्र खारेज गर्न आह्वान गर्दै घोषणा पत्र सार्वजनिक

२०७४ जेठ १५ गते

कार्तिक २८, काठमाडाैं । सङ्घीयता र गणतन्त्र खारेज गर्न आह्वान गर्दै राष्ट्रिय शिव सेना पार्टी, पुरानो शक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी र शान्ति क्षेत्र परिषदले मङ्गलवार संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।
मङ्गलवार चार वटै पार्टीले काठमाडौँमा संयुक्त रूपमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । गणतन्त्रको विरुद्धमा सशक्त आन्दोलन गर्न आह्वान गर्दैै चुनावी घोषणा पत्र सार्वजनिक गरिएको राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले जानकारी दिए ।
पार्टीको घोषणा पत्रमा भ्रष्टाचारीको सम्पत्ति जफत गरी गरिब जनताको शिक्षा, स्वास्थ्य, आवास र रोजगारीमा खर्च गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित