यातायात व्यवसायी महासंघकाे महाअधिवेशन चुनावी माहोल तातियाे

काठमाडौं, माघ १३ । यही माघ १७, १८, १९ गते चितवनमा हुन लागेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महाअधिवेशनले चुनावी माहोल तातेको छ । महाअधिवेशनमा समग्र यातायात क्षेत्रको सुधार र व्यबसायीको हक हितका लागि दुई प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।

यसअघि कार्यबहाक अध्यक्षको जिम्मेवारी समेत पाइसकेका डोलनाथ खनाल नेतृत्वको प्यानल लोकतान्त्रिक बाम नेतृत्वको समावेशी समूहको रुपमा प्यानल बनाएर प्रचार प्रसारमा उत्रेको छ । खनालले आफ्नो उम्मेद्वारी दाबी गरिरहँदा उहाँले आफ्ना केहि एजेण्डाहरु पनि अगाडी सार्नुभएको छ ।

खनालले नेपालमा तेस्रो मुलुकबाट आयात गरिने गाडीहरुमा कडाई तथा व्यबस्थित गर्ने, यातायात व्यबसायीहरुको छुट्टै प्राधिकरण गठन जसले यातायात व्यबसायी र त्यससँग सम्बन्धित समग्र समस्याको समाधान गर्न सकोस्, सबै रुटमा यात्रुको चापका आधारमा आवश्यकता अनुसार गाडी थप, २० बर्षे सवारी साधनलाई उचीत सहुलियत दिएर मात्र विस्थापन र सट्टा भर्नामा गाडी दर्ता गर्ने व्यबस्था मिलाउने लगायतका एजेण्डाहरु खनालले अघि सार्नुभएको छ ।

खनालका अनुसार हालको परिस्थीतिमा तेस्रो मुलुकबाट आयात गरिने सवारी साधनहरुलाई कडाई गर्नुपर्ने र सरकारले २० बर्ष सवारी साधन हटाउने नीति ल्याईरहेका वेला व्यबसायीहरु मर्कामा नपर्ने गरी सहुलियत दिएर मात्र विस्थापन गर्नुपर्छ ।

खनालले थप्नुभयो ,‘सहुलियत भन्नाले कुनै सवारी चलाईरहेको कर्मचारी देखि यातायातमा लगानी गरेका व्यबसायीलाई अर्को कुनै वैकल्पिक व्यबस्था जस्तै नयाँ सवारीका लागि भन्सार छुट, २० बर्षे सवारी साधनलाई पनि केहि थप गरेर पुन नयाँ गाडी निकाल्दा नयाँ नम्बर प्लेटको व्यबस्था लगायतका एजेण्डाहरु अगाडी सार्नुभएको छ।

राष्ट्रिय महाधिवेशनबाट आउने नेतृत्वले ३ तीन बर्षसम्म सिंगो यातायात व्यवसायीहरुको प्रतिनिधित्व गर्ने भएको हुंदा यसले यातायात व्यवसायीको भाग्य र भविष्य समेत निर्धारण गर्ने छ ।

समावेशी वामगठबन्धनको प्यानलबाट महासंघका कार्यवाहक अध्यक्ष खनालको नेतृत्वको वरिष्ठ उपाध्यक्ष दिपक अधिकारी र भरत तिमल्सेना, उपाध्यक्ष जीतवहादुर भारती, मीनबहादुर मानन्धर, शरद अधिकारी, उपाध्यक्षमा (मालवाहक) यादवलाल श्रेष्ठ र महासचिवमा पुन्यप्रसाद (सरोज) सिटौला रहेका छन् भने यसैगरी उप–महासचिवमा डेगनाथ गौतम र बसन्त भण्डारी, कोषाध्यक्ष हेमन्त शेरचन, सह–कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र पर्यटन तर्फको वर्गिय संयोजकमा पुरुषोत्तम सिंखडाको उम्मेद्वारी घोषणा गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =