“सुव्यवस्थित विकास, आजको मुल आधार” भन्ने नारा सार्वजनिक

असार ९, नेपालगन्ज । नेपाली काँग्रेस कोहलपुरले सुन्दर, शान्त र समृद्धि कोहलपुर निर्माण गर्ने प्रतिवद्वताका साथ प्रतिवद्धता तथा घोषण पत्र सार्वजनिक  गरेको छ । नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाका मेयरका उम्मेद्वार भानुभक्त भट्टरार्इ र उपमेयरका उम्मेदवार सन्जु कुमारी थारुले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा कोहलपुरलाई “सुव्यवस्थित विकास, आजको मुल आधार” भन्ने नारा सार्वजनिक गरिएको छ ।
कोहलपुरलाई समुन्नत सहरका रुपमा विकास गर्ने लक्ष्य सहितको प्रतिबद्धता पत्रमा भौतिक विकास, आर्थिक समृद्धि, जीवनस्तर प्रबद्र्धन, सांस्कृतिक बहुआयामिकता र सामाजिक न्याय तथा सुशासनका क्षेत्रमा विभिन्न प्रतिबद्धता जनाइएको छ ।  कोहलपुरको भूमि व्यवस्थापन, कृषिको व्यवसायिक विकास, भूमिगत सिचाई, कोहलपुर नगरमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन गर्न पूर्वा प्राथमिक कक्षाहरु मन्टेश्वरी विधिबाट सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा जनाईएको छ । “म स्वस्थ, मेरो नगर स्वास्थ्य” भन्ने नारालाई मूर्तरुप दिन स्वास्थ्य बिमा प्रारम्भ  गर्ने, कोहलपुर रिङ रोडको निर्माण गरी नगर बस सेवा सञ्चालन गर्ने, कोहलपुर बस पार्कलाई अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय बसपार्कको रुपमा विकास गर्ने कोहलपुरलाई आवस क्षेत्र र उत्पादन क्षेत्रको वर्गिकरण गरी नगरको विकास गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै सुव्यवस्थित ढल निकास, सुन्दर शहरको आधार भन्ने नारालाई व्यवहारमा उतार्न भूमीगत पाइपलाइनको माध्यमबाट ढक निकासको व्यवस्था गर्ने, “फेहरबाट मोहर” अभियान सञ्चालन गरी रिसाईकिल पलान्टबाट फोहरको बहुउपयोगितामा जोड दिईने, नगर क्रिकेट वोर्ड गठन गरी प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।  सांस्कृतिक बहुआयामिकता अन्तर्गत् सामाजिक सद्भावलाई प्रगाढ बनाउने, मठमन्दिर, मस्जिद, चर्च, धर्मशाला, कर्वला क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने, सार्वजनिक जग्गाको पहिचान गरी त्यसको अधिकतम् प्रतिफल आउने गरी व्यवस्थापन गर्ने, विभिन्न धर्मका धर्माबलम्वी र तीर्थ यात्रीका लागि धर्मशाला निर्माण गर्ने अठोट नेपाली कांग्रेसका मेयर उपमेयरका उम्मेदवाहरुको प्रतिवद्धता रहेको छ । बाल उद्यान तथा पार्क निर्माण, अति विपन्न वर्गका बालबालिकाहरुलाई निशूल्क शिक्षा र स्वास्थ्यको प्रवन्ध मिलाईने, जेष्ठ नागरिकहरुका लागि आवास फूलवारी सहितका मिलन केन्द्रहरु निर्माण गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ । “गरिबसँग विश्वेश्वर” कार्यक्रमलाई वडास्तरमा विस्तार गरिने, कोहलपुर क्षेत्रमा प्रत्येक वर्ष “एक वर्ष, एक रुख” वृक्षारोपण अभियानलाई अगाडि बढाईने  प्रतिबद्धता जनाइएको छ ।
कार्यक्रममा बोल्दै मेयर पदका उम्मेद्वार भानु्भक्त भट्टराईले सुन्दर, शान्त र समृद्ध कोहलपुरका लागि काँग्रेसले सार्वजनिक गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताउनुभएको छ  । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रनं।१ बाँकेका क्षेत्रिय पार्टी सभापति माधवराम खत्री, काँग्रेस कोहलपुर नगरका सभापति बलाराम शर्मा, महासमिती सदस्य भिना सिग्देल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *