कांग्रेसकाे उम्मेदवारमा सिफारिस भए नेपाली नागरिकता त्यागेका विनाेद

असाेज २६, काठमाडाैं । लिशंखु पाखार गाउँपालिका–३ का विनोद मोक्तान नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक भएको १५ वर्षभन्दा बढी भइसकेको छ । अमेरिकामा होटेल व्यवसाय सञ्चालन गरेर बसिरहेका मोक्तानलाई आर्थिक चलखेलमा नेपाली काँग्रेस सिन्धुपाल्चोकले मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेर काँग्रेस केन्द्रीय कार्यालयमा पठाएको छ । आजको राजधानीमा खबर छापिएको छ ।

नेपाली नागरिक नै नभएकालाई समानुपातिकमा सिफारिस गरेपछि काँग्रेस सिन्धुपाल्चोकका नेता–कार्यकर्ता अचम्मित परेका छन् । क्षेत्र नम्बर १ बाट काँग्रेस नेता हरिशरण श्रेष्ठसहितका नाम मात्रै क्षेत्रीय समितिले सिफारिस गरेको थियो । तर, जिल्ला समितिले मोक्तानको नाम दुई नम्बरमा सिफारिस गरेर केन्द्रमा पठाएको छ ।

लामो समयदेखि अमेरिकामा बसेका मोक्तान अहिले सांसदमा सिफारिस गर्न भन्दै नेताहरूको घरदैलोमा धाउन थालेको काँग्रेस नेताहरूको आरोप छ । काँग्रेस नेता प्रकाशमान सिंहको घरमा पटकपटक पुगेर उनले आफूलाई समानुपातिक सांसद बनाइदिन आग्रह गरेका छन् । क्षेत्रीय समितिले सिफारिस नगरे पनि जिल्ला समितिले भने मोक्तानलाई सिफारिस गरेको काँग्रेस स्रोतको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *