आधा दर्जन हत्या आरोपी तीन भारतीय सुटर पोखरामा पक्राउ

कात्तिक १८, पोखरा । पोखराको सिद्धार्थचोकबाट शुक्रवार साँझ प्रहरीले तीन भारतीय सुटरसहित एक नेपालीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका तीन भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्ति हुन् । उनीहरु आधादर्जन भन्दा धेरैै हत्या र दुई दर्जन भन्दा धेरै असुलीका मुद्दाका आरोपित रहेको प्रहरी दाबी छ ।

भारतको राजस्थान प्रहरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन आग्रह गरेपछि नेपाल प्रहरीले उनीहरुको खोजी गर्दै आएको थियो । सिद्धार्थचोकस्थित एक पसलमा किनमेल गर्दै गरेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अहिले आवश्यक अनुसन्धान गरिरहेको र थप तथ्य तत्कालै सार्वजनिक गर्ने जनाएको छ । उनीहरुसँगै एक जना नेपालीलाई पनि पक्राउ परेका छन् । तर प्रहरीले नेपाली र भारतीय कसैको पनि परिचय खुलाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *