विपत व्यवस्थापन ऐनलाई छिटो पारित गरेर लागु हुन्छ: श्रेष्ठ

२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १२ । गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठले विपत व्यवस्थापन ऐनलाई छिटो पारित गरेर लागु गरिने स्पष्ट पार्नुभएको छ । हरेक बर्ष प्राकृतिक विपतिको मारमा सर्वसाधरण पर्ने गरेको र आवश्यक ऐन नहुँदा उद्धार, राहत तथा तत्काल पुर्नस्थापना गर्न समस्या भएको भन्दै उहाँले मन्त्रालयले विपत व्यवस्थापन ऐनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
रामेछाप काठमाण्डौ पत्रकार समाजले सोमबार काठमाण्डौमा गरेको स्वागत कार्यक्रममा गृहराज्यमन्त्री श्रेष्ठले संघीय संरचना अनुसार गृहमन्त्रालयलेको संरचनालाई व्यवस्थित गर्नु पनि अर्को महत्वपुर्ण अभिभारा रहेको बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको बैज्ञानिक ढंगले व्यवस्थापन गरि सुरक्षा निकायको वृद्धि विकास र क्षमता अभिवृद्धि गरिने बताउनुभयो ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित