अमेरिकामा डुबेर एक नेपालीको मृत्यु


टेक्सस, अमेरिका । अमेरिकाको टेक्सासस्थित कर्पसकृष्टि क्षेत्रमा पर्ने समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । काठमाडौँ थापाथली घर भएका सुवोध तण्डुकारको सामुन्द्रिक छालले डुवेर मृत्यु भएको हो । आइतबार बिदाको दिन पारेर साथीहरूसँग रमाइलो गर्न समुन्द्री तट गएका सुबोध तण्डुकारलाई सामुद्रिक छालले बगाएर समुन्द्रभित्र लगेको थियो।
डुबेर उनको ज्यान गएको उनलाई नजिकबाट चिन्ने फोर्टवर्थ निवासी विजय लोहनीले बताए। नेपालमा काठमाडौँको थापाथली घर भएका करिब ३० वर्षीय तण्डुकार टेक्सस अष्टिन बस्दै आएका थिए।
आइटी क्षेत्रमा कार्यरत तन्डुकारको शवलाई कर्पसकृष्टि क्षेत्रको एक स्थानीय अस्पतालमा राखिएको छ। न्युयोर्कमा रहेका मृतक तण्डुकारका मामा टेक्सस आउने तयारीमा रहेको र नेपालबाट पनि आमा बुबा ल्याउने प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए।
अन्तिम संस्कारको लागि नेपालबाट सुबोधका आमा बुवा आउने र अष्टिनमा उनको घर भएकोले अन्तिम संस्कारको लागि ग्रेटर अष्टिन नेपाली सोसाइटीले समन्वय र सहयोग गर्न लागेको ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपानेले बताए। मृतक तण्डुकारकी एक बहिनी छिन्। पिता शिक्षक हुन् भने आमा पूर्व बैङ्क कर्मचारी हुन्।








