शुभाङ्गीको चितवनका विद्यार्थीहरुकोलागि करियर काउन्सेलिङको सेवा रत्ननगर महोत्सवमा

चितवन, माघ ५ । चितवनमा जारी रत्ननगर महोत्सवमा विद्यार्थीले करियर काउन्सेलिङको समेत सुविधा पाएका छन् । गत पुस २७ गतेबाट सुरु भएको रत्ननगर महोत्सवमा राजधानीको शुभाङ्गी एजुकेशनल कन्सल्टेन्सीले विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको छ ।

स्थानीय स्तरमा उत्पादित उद्योग व्यवसायको प्रवर्द्धन गर्न आयोजित महोत्सवमा विद्यार्थी अभिभावकले Abroad Study मा जान चाहने विद्यार्थीलाई विज्ञ परामर्शद्वारा शैक्षिक परामर्श दिइरहेको शुभाङि एजुकेशनल कन्सल्टेन्सीका डाईरेक्टर किशोर तिवारीले बताए । ‘महोत्सव भन्ने बित्तिकै मनोरञ्जन र खानपान भन्ने बुझिन्छ, तरपनि धरै विद्यार्थीहरू आफ्नो करियर प्रति सचेत हुने भएकोले उनीहरूलाई Abroad Study का विविध विषयमा जानकारी दिने उद्देश्यले हामीले परामर्श दिएका हौँ ।’ उनले भने ।

महोत्सवमा सहभागी विद्यार्थी अभिभावकलाई सुभाङीले जापानको शिक्षा, रहनसहन, भिसा प्रक्रिया, छात्रवृत्ति, लागतका विषयमा परामर्श दिइरहेको छ । डाईरेक्टर तिवारीका अनुसार महोत्सवमा अहिलेसम्म ७ देखि ८ हजारको हाराहारीमा विद्यार्थीले परामर्श लिईसकेका छन् । महोत्सव भोलिसम्म सञ्चालन हुनेछ ।

राजधानीको पुतलिसडकमा रहेको सुभाङिगले उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ । हरेक वर्ष ४ ओटा इन्टेकबाट सयौँ नेपाली विद्यार्थी जापान उच्च शिक्षा अध्ययनका लागि जाने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =