भृकुटी मण्डपमा ‘क्यान इन्फोटेक’को तयारी

काठमाडौं, माघ ८ । यहि माघ ११ गतेदेखि भृकुटी मण्डपमा क्यान इन्फोटेक हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा माघ ११ देखि १६ गतेसम्म सुविसु क्यान इन्फोटेक–२०१८ हुने भएको हो ।

इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष रहने बताईएको छ । मेलामा सहभागीले सुचना र प्रविधिका क्षेत्रमा भएका नविनतम उपलब्धीका बारेमा प्रत्यक्ष जानकारी हासिल गर्ने छन् ।

 

मेलामा मुख्य प्रदर्शन कक्षमा ४९ वटा ठूला र हल बाहिर पाँचवटा ब्राण्डिङ प्रदर्शनी कक्ष रहनेछन् । ओपन स्पेश १४ तथा फुड कक्ष १० गरी कूल २२२ कक्ष रहने आयोजकले बताएका छन् ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीको नामावली उपलब्ध गराएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने जानकारी दिए । उनले मेलाले विद्यार्थी र आईटी क्षेत्रमा लागेका ब्यक्तिले सुचना र प्रविधिका नयाँ जानकारी पाउने विस्वास ब्यक्त गरे ।

क्यान महासंघका महासचिव रञ्जीतकुमार पोद्दारले मेलाका लागि छुट्टै प्याभिलियन कक्ष राखेको, सफ्टवेर प्याभिलियनका लागि ४४ वटा कक्षलाई विशेष सहुलियतमा उपलब्ध गराइएको बताए ।

सुविसु केवल नेटका अध्यक्ष सुधीर पराजुलीले आगामी दिनमा देशका सातवटा प्रदेशमध्ये चारवटा प्रदेशमा यस्ता मेला आयोजना गरिने भन्दै सुचना र प्रविधिको विकासबाट देश विकास गर्न सकिने प्रस्ट्याए । उनले सरकारले सुचना र सञ्चारका क्षेत्रमा थप लगानी भित्र्याउन निति बनाउन आवश्यक रहेको औल्याएका थिए ।

मेलामा सनराइज बैंकले टिकट लिई प्रवेश गर्ने दर्शक तथा क्रेतालाई ४०० प्रतिशतसम्म क्यास ब्याक अफर प्रदान गर्ने भएको छ ।
माघ १४ गते आइतबार बिजनेस डेका रुपमा उक्त दिन प्रवेश शुल्क १ सय रुपैयाँ मात्र तोकिएको छ । उक्त दिन बिजनेस हाउसेसहरूले आफ्ना व्यापार प्रवद्र्धनका लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष बिजनेस डिल गर्न सक्नेछन् ।

मेलामा ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई प्राथमिकता दिईएको छ । टेलिफोन तथा मोबाइल फोन कम्पनीहरुले आकर्षक अफर ल्याउने छन् । भने, कम्प्युटर हार्डवेयर सामग्रीहरुमा पनि विशेष सहुलियत दिईने तयारी गरिएको छ । प्रर्दशनीमा नयाँ प्रविधिमा आधारित मोबाइल फोन, ट्याबलेट तथा अन्य उपकरणहरुको खरिदमा विभिन्न स्कीम रहेका छन् ।

क्यान इन्फोटेक २०१८ को मुख्य प्रायोजकमा सुबिसु केबल नेटको र सहप्रायोजनमा मोटोरोला रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *