सुहानाको तस्बिर भाइरल, साहरुख तनावमा

एजेन्सी । बलिउड नायक साहरुख खान छोरी सुहानाका कारण तनावमा परेका छन् । छोरी जति ठूली हुँदै गइन्, उति नै साहरुखमा तनाव बढिरहेको छ । केही समय अगाडि साहरुखकी छोरी सुहानाको विकिनी तस्बिर सामाजिक सञ्जाल र मिडियामा भाइरल नै भयो । साहरुखले केही मिडियामा फोन नै गरेर तस्बिर हटाइदिन आग्रह समेत गरेका थिए ।

केही महिना अगाडि चलचित्र हलमा पुगेकी सुहानालाइ मिडियाले घेरेपछि उनी आतिइन् । सुहाना आतिएको भिडियो सार्वजनिक भएपछि साहरुखले पापाराजीहरुलार्इ आफ्नो तस्बिर खिच्न तर छोराछोरीलाइ स्टार नसंझन आग्रह गरे ।

अब, उनै साहरुख फेरि छोरी सुहानाको एक तस्बिरका कारण तनावमा परेका छन् । सुहानाको स्विमिङ पुलको एक तस्बिरले अहिले उनको तनाव बढाएको छ । साहरुख सुहानाको यस्तो तस्बिर भाइरल भएकोमा खुसी छैनन् । उनले यो विषयमा सुहानासँग कुरा पनि गरिसकेका छन् ।

साहरुख आफ्नी छोरीलाई निकै प्रेम गर्छन् । त्यसैले, उनी छोरीको साना-साना कुरामा पनि धेरै तनाव लिने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *