बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा ५ प्रमुख दलबीच प्रतिस्पर्धा

असार १९, बाँके । बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि ५ प्रमुख दलबीच प्रतिस्पर्धा रहेको छ । पछिल्लो मतगणनाअनुसार, कुनै पनि दलले २ हजार मत कटाउन सकेका छैनन् । प्रतिस्पर्धा एकदमै कर्रा छ । को जित्छ भन्ने भनेर भन्नसकिने अवस्था छैन । मतगणना सुन्न बाहिर बसिरहेका राजनीतिक दलका कार्यकर्ताहरु बताउँछन् ।जानकीका निर्वाचन अधिकृत ऋषिराम केसीका अनुसार, अहिलेसम्म अध्यक्षमा माओवादी केन्द्रका रक्षाराम कुर्मीको १७३२,एमालेका राम निवास यादवको १५९१, संघिय समाजवादी फोरमका नन्दकिशोर बर्माको १५८२, कांग्रेसका छब्बन खाँको१५३२ र राप्रपाका श्याम थापाको १२५६ मत रहेको छ ।

यसैगरी उपाध्यक्षमा एमालेका भुमिसरा धितालले १८७४, माओवादी केन्द्र पुष्पा खटिकले १५०९, संघिय समाजवादीकासुन्दरी त्रिपाठिले १४९६, कांग्रेसका रामप्यारी यादवले १३३० र राप्रपाका तारावती कुर्मीले १२५५ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत केसीका अनुसार, अहिलेसम्म वडा नं.१मा संघिय फोरम, २ मा माओवादी केन्द्र र ४ मा एमालेले वडाअध्यक्षमा विजय हासिल गरिसकेको छ भने ३ को अन्तिम परिणाम आउने तयारी रहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकासंग सीमाना जोडिएको जानकी गाउँपालिकामा साविकका साईगाउँ, बेलभार, इन्द्रपुर, खजुराखुर्द, बेलहरि र गनापुर गाविसलाई समेटिएको हो । कुल मतदाता १८०७८ रहेको जानकीमा १४९६४ मत खसेको थियो । यसैगरी अहिले वडा नं.५ को मतगणना भइरहेको छ ।मतगणनामा संलग्न अधिकारीका अनुसार, मतगणना जारी रहेको वडा नं.५ मा करिब २४०० मत खसेको छ । यसैगरी वडानं. ६ मा २२०० मत गणना गर्नुपर्नेछ । अहिले सम्मको ट्रेन्डलाई हेर्दा मतगणना हुन बाँकि करिब ४६०० मत पनि यिनै प्रमुख ५ दलहरुमा बाँडिने सम्भावना रहेकोबताइन्छ । ३ हजार ५ सय भन्दा कम मतमा नै जीतहार हुने सम्भावना रहेको छ ।

मतपरिणाम सुन्न उत्साहित रहेका मतदाताहरु झुण्ड झुण्डमा क्षेत्रिय कृषि तालिम केन्द्र खजुरा अगाढि रहेका छन् । सबैकोतर्क छ, परिणाम आओस् त जानकीको जस्तो । किनकी यहाँ एउटा थ्रिलर फिल्ममा हुने सबै किसिमका रोमान्च छ । झुन्डमा गफिरहेका आफुलाई वडा नं.२ को बासिन्दा बताउने एक नौजवानले हामीसंग भने, मतदाताहरुले सबैलाई मत दिएकाछन् । जीत्नेले नहौसिनु र हार्नेले निराश नहुनु भन्ने सन्देश हो मतदाताहरुको । निर्वाचन अधिकृत केसिका अनुसार सोमबार अबेर रातीसम्ममा सम्पुर्ण मतपरिणाम सार्वजनिक हुनसक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *