‘धनकुटालाई राजधानी नबनाइए जस्तो सुकै मूल्य चुकाउन तयार छौँ’ 

रबिन कटेल

धनकुटा,मंसिर २९ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले शुक्रवार सदरमुकाममा वृहत जनप्रदर्शन गरेका छन् । सयौंको संख्यामा निस्किएका धनकुटाबासीले प्रादेशिक राजधानीको माग गर्दै बजारमा प्रदर्शन गरेका हुन् ।

राणाकालदेखि हालसम्म प्रशासनीक केन्द्रको रुपमा रहेको धनकुटामा सरकारले अस्थायी मुकाम तोक्नसमेत आनाकानी गरेको भन्दै धनकुटाबासीले प्रदर्शन गरेका हुन । ‘धनकुटालाई प्रादेशिक राजधानी कायम गर, हिमाल पहाड तराई कोही छैन पराई’ जस्ता नारा लगाउँदै धनकुटा बजारमा प्रदर्शन गरिएको हो । प्रादेशिक राजधानी आन्दोलन संघर्ष मूल समितिको आयोजनामा भीमनारायण चौकबाट सुरु भएको जुलुश बजारका बिभिन्न भागको परिक्रमा गर्दै मदनचौकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रादेशिक राजधानी माग गर्दै धनकुटामा भएको प्रदर्शन । तस्वीर : रबिन कटेल/संगालो खबर

सभालाई संबोधन गर्दै आन्दोलन संघर्ष मूल समितिका संयोजक उमेश घिमिरे, नागरिक समाजका अगुवा विदुर सुवेदी, स्थानीय सुजनभाई जोशी लगायतले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै माग सुनिवाई नभए जस्तो सुकै मुल्य चुकाउँन पनि पछि नपर्ने चेतावनी दिएका छन् ।

 चरणबद्ध आन्दोलन घोषणाधनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै जिल्लाबासीले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । ब्याङ्ग्यात्क रुपमा क्यान्डिल जुलुश देखि जिल्ला बन्दसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । आन्दोलनका कार्यक्रम अन्र्तगत शनिवार धनकुटा बजारमा क्यान्डिल जुलुश प्रदर्शन गरी बजार बन्द गरिनेछ ।

प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई सरकारले राजधानी घोषणा गर्न आँखा नदेखेको भन्दै ब्याङ्ग्यात्मक रुपमा क्यान्डिल जुलुश प्रदर्शन गर्न लागिएको हो । आईतबार क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँने र सोमबार धनकुटा बन्दको घोषणा गरिएको आन्दोलन संघर्ष मूल समितिका संयोजक उमेश घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार आवश्यकता अनुसार आन्दोलनका कार्यक्रम थप गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =