भूकम्प प्रभावितका लागि जग्गा दान

रसुवा, १९ असार । भूकम्प प्रभावितको बसोबासका लागि यहाँका एक दाताले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । गोसाइँकुण्ड गाउँपालिका वडा नं ३ बृद्धिम गाउँका ३३ वर्षीय टासी तामाङले रु ३८ हजार मूल्य बराबरको चार आना जग्गा सोही क्षेत्रकी छिरिङ पाल्मु तामाङलाई निशुल्क रुपमा प्रदान गर्नुभएको हो ।

किता नं ३७९ र रजिस्ट्रेसन नं १६०१ को उक्त जग्गा बकसपत्र मार्फत प्रदान गर्नुभएको मालपोत कार्यालय, रसुवाका प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो । छिरिङ पाल्मुको साविक बसोबास गरेको स्थान भूकम्पपछि जोखिम बढ्दै गएकाले सेवा नै परम धर्म भन्ने भावनाका साथ बकसपत्रमार्फत घडेरी दान गरेको जग्गादाता टासीले बताउनुभयो ।

बसोबासमा समस्या परेका व्यक्तिलाई सबैले सहयोग गर्नु ठूलो धर्म हो, मरेपछि साथमा केही जाँदैन, बाँचुन्जेल सबैसँग मित्रभाव गरेर अगाडि बढ्न सबैमा उहाँले आग्रहसमेत गर्नुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *