विश्वकप छनोटमा स्यान्ड्रो वाग्नरले ह्याट्रिक गरेपछि जर्मनीको ७ गोल

एजेन्सी – फिफा विश्वकप २०१८ को युरोपियन छनोट अन्तर्गत समूह ‘सी’ अन्तर्गतको खेलमा जर्मनीले सान मारिनोलाई ७-० ले पराजित गरेको छ ।

जर्मनीको जितमा स्यान्ड्रो वाग्नरले ह्याट्रिक गरे भने जुलियन ड्रयाक्स्लर, जुलियन ब्रान्ट, अमिन युनेस र स्कोडरान मुस्ताफीले १/१ गोल गरेका थिए । आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको जर्मनीले यहि टोली लिएर फिफा कन्फेडेरेसन कप खेल्दैछ।

यससँगै, समूह ‘सी’ कै अन्य खेलमा उत्तरी आयरल्याण्डले अजरबैजानलाई १-० ले पराजित गर्यो ।  खेलको ९०औं मिनेटमा स्टुआर्ट डल्लासले गोल गरेपछि पाहुना टोलीले महत्त्वपूर्ण ३ अंक जोडेको थियो। समूहकै अर्को खेलमा नर्वे र चेक गणतन्त्रले १-१ को बराबरी खेले । ३६औं मिनेटमा गेब्रे सेलासीको गोलमा चेकले अग्रता लिएपनि एल्कजेन्डर सोडरलन्डले ५५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

समूहको अंक तालिकामा जर्मनी ६ खेलमा ६ जित हात पार्दै शीर्ष स्थानमा छ भने दोश्रो स्थानमा रहेको उत्तरी आयरल्याण्डको १३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =