सडक विग्रेको वा अबरोध भएको जानकारी पाउना साथ टोली पुग्ने

काठमाडौं, असार ८ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २२ किलोमिटर सडक विस्तारको प्रक्रिया अगाडी बढाएको छ। नियमित कार्यक्रम अन्तर्गत महानगरले यो वर्ष २२ किलोमिटर सडक विस्तारको लागि ७५ करोड रुपैयाँका विभिन्न आयोजनाहरु संचालन गर्ने प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । महानगरको क्षेत्राधिकार भित्रपर्ने सडक, शाखा सडकहरु साँघुरा भएकोले विस्तारको कार्यक्रम महानगरले अगाडि बढाएको हो । सडकको अवस्था र आवश्यकता अनुसार सडकको चौडाई निर्धारण गरिएको कार्कीले जानकारी दिनुभयो ।

पुराना गल्ली, साँघुरा सडकको कारण आवत जावत नै प्रभावित हुँदा जनजीवन अस्तव्यस्त बन्दै गएको छ । उपत्यका भित्र सडक विभाग र महानगरले सडक विस्तारको कार्यक्रम अगाडी बढाएको हो । महानगरले चालु वर्ष केही आयोजनाहरु अगाडी बढाइरहेको र केही ठेक्का सम्झौता भएको बताउँदै केही सम्झौताको क्रममा रहेको जानकारी दिनुभयो ।

Image result for सडक विग्रेको

विस्तार हुने आयोजनामा स्थानीयहरुको पनि साथ र सहयोग भएकाले ठेक्का सम्झौता हुने वित्तिकै काम द्रुत गतिमा अगाडि बढ्ने कार्कीले बताउनु भयो । ‘विगतको अनुभवले पनि ढिलासुस्ती नहुने गरी अगाडि बढ्न पाठ सिकाएको छ’ उनले भने । सुन्दर र व्यवस्थित महानगरको लागि सकेसम्म फराकिला सडक बनाउने महानगरको उद्देश्य रहेको र त्यही अनुसार आफूहरुले योजना अगाडी बढाएको कार्कीले जानकारी दिनुभयो । महानगरले सडक विस्तार मात्र होइन विभिन्न ठाउँमा सडक भत्किए, विग्रिएको खण्डमा मर्मत गर्न विशेष टोली नै बनाएर खटाएको छ । जहाँ सडक विग्रेको वा अबरोध भएको जानकारी आउँछ उक्त टोली त्यहाँ पुग्न तयार रहने र त्यसलाई व्यवसायिक बनाउनको लागि गृहकार्य भइरहेको महानगरका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *