धवल र कनोडियाबीच कडा प्रतिस्पर्धा हुँदै

असार १९, नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिकाको जारी मत गणनामा मेयर पदमा राप्रपाका डा. धवलशमशेर राणाले अग्रता लिइरहेका छन् । उपमहानगरको १, ११ र १८ देखि २३ नम्बर वडाको गणना हुँदा धवल ९ हजार ९ सय ८३ मतले अगाडी छन् । उनलाई नेपाली काँग्रेसका डा. सुरेशकुमार कनोडियाले निरन्तर पछ्याइरहेका छन् । राप्रपाका धवलले यस अघि झन्डै दोब्बर बढी मतले अग्रता लिएका थिए । पछिल्लो परिणामबाट धवलको मतान्तर घट्दो छ, भने काँग्रेसका कनोडियाको मतान्तर बढ्दो क्रममा छ ।

कनोडियाले ६ हजार १ सय ६९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका समसुद्धिनले ५ हजार ८ सय ९६ मत ल्याएका छन् । प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार उपमेयरमा भने नेपाली काँग्रेसले अग्रता लिइरहेको छ । काँग्रेसकी उमा थापामगरले ७ हजार ८ सय ६५ मत प्राप्त गरेकी छन् । उमालाई राप्रपाकी रमारानी बैश्यले ७ हजार ३३ मत ल्याएर पछ्याइरहेकी छन् । एमालेकी शान्ति ढकालले ६ हजार ५ सय ९६ मत ल्याएकी छन् । कुल २३ वटा वडा रहेको उपमहानगरपालिकाको करिब ७५ प्रतिशत मत सोमबार बिहान सम्म गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *