नाटक र रङ्गमञ्चमा कुनै फरक छैन

जेठ–१५, धरान । पूर्व क्षेत्रमा रङ्गमञ्चको अवस्थाको बारेमा धरानमा विमर्श चलेको छ । नाट्यकर्मी महासङ्घको क्षेत्रीय च्याप्टरले एक नम्बर प्रदेश स्तरीय रङ्गकर्मी भेला र रङ्ग सम्वाद गरेको थियो । सो भेलामा उपस्थित ५ वटा जिल्लाका सहभागी रङ्गकर्मीहरुले नाटक र रङ्गमञ्च एक अर्काका पुरक रहेको बताए ।

रङ्गमञ्चले व्यक्तिको मानसिक, शारीरिक तथा आध्यात्मिक पक्षमा ठुलो महत्त्व राख्ने कार्यक्रमका प्रमुख अतिथि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले बताए । ‘प्रतिस्पर्धाको यो समयमा मानसिक रूपमा स्वस्थ रहन सङ्गीत र कलाको ठुलो महत्त्व छ । यसले मानिसलाई अनुशासित बनाउँछ ।’ उनले भने ।
कार्यक्रममा नाटककार तथा प्राध्यापक राजेश विद्रोही, उदयपुरका राजु सुन्दास, धनकुटाका मकुन्द प्रयास, मोरङका मनोज न्यौपाने, सुनसरीका किशोर थुलुङ, नाम नेपालका केन्द्रीय महासचिव राजेन्द्र रिमाल, क्षेत्रीय संयोजक विशाल भण्डारी लगाय
त रंगकर्मीहरु रङ्ग संवादमा सहभागी भएका थिए ।
कार्यक्रममा धरानको नाट्यक्षेत्रमा लामो समयदेखि आम सञ्चारका माध्यमबाट व्यापक प्रचारप्रसार एवम् नाट्यकर्मको विविध कार्यमा संलग्न भई उल्लेख्य कार्य गरेका पत्रकार आनन्द श्रेष्ठलाई सम्मान गरिएको थियो । उनलाई सम्मान पत्रका साथै नगद रु १० हजार समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =