आयो समानुपातिकतर्फको ताजा मत परिणाम : सूर्यको तापक्रम झन् झन् बढ्दै (मत परिणामसहित)

काठमाडौं,मंसिर २६ । प्रतिनिधि र प्रदेश सभातर्फको मत परिणाम अन्तिम अन्तिम अवस्थामा पुग्दै गर्दा समानुपातिक तर्फको मत पनि गणना भइरहेको छ । हालसम्मको मत परिणामअनुसार पहिलो स्थानमा एमाले, दोस्रो स्थानमा काँग्रेस र तेस्रो स्थानमा माओवादी केन्द्रले पछ्याइरहेको छ । भने चौथो स्थानमा मसाल रहेको छ ।

 

पाँचौ स्थानमा राप्रपा रहेको छ भने छैटौ स्थानमा विवेकशिल साझाको उपस्थिति रहेको छ । भने,राजपा सातौ स्थानमा, देब्र आँखा (नयाँ शक्ति) आठै स्थानमा, नबौ स्थानमा राप्रपा प्रजातन्त्रिक हलो र दशौँ स्थानमा राजमोको गिलास रहेको छ । समानुपातिकतर्फ कुल १ करोड पाँच लाख ८७ हजार ५२१मध्ये हालसम्म ३८ लाख ७७ हजार २ १० मत गणना भइसकेको छ भने अब बाँकी गणना गर्न ६७ लाख १० हजार ३११ मत रहेको छ ।

हेर्नुहोस् मत परिणाम :
सूर्य : १४०७७४६
रुख : १३१६८१८
हसिया हथौडा : ५५६८२१
मसाल :१२०६७७
गाई  :८६०३७
तराजु : ८४३६१
छाता : ७९७८०
देब्रे आँखा : ४५२०८
हलो : २९२६८
गिलास : २८७३५

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *