महिलाहरु मोबाइलबाट पोर्न भिडियो हेर्नेमा अगाडि

एजेन्सी-  मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुष भन्दा निकै अघि देखिएका छन् । पछिल्लो समयमा प्रकाशित रिपोर्टको अाधारमा यस्तो कुरा बाहिर आएको हो । रिपोर्ट अनुसार पोर्नहब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेट मार्फत पोर्न साइट हेर्न मन पराउँछन् । जबकी स्मार्टफोनमा पोर्नहब साइट लगइन गर्न चाहने पुरुष ६९ प्रतिशत छन् ।

चल्तिको पोर्न साइट पोर्नहबले जारी गरेको तथ्यांक अनुसार यसका ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोन मार्फत पोर्न सामग्री हेर्ने गरेका छन् । जबकी यो साइटमा स्मार्टफोन मार्फत पोर्न हेर्ने पुरुषको अनुपात त्यस भन्दा १६ प्रतिशतले कम छ ।

पोर्नहबका अनुसार उसका कूल प्रयोगकर्ता मध्ये २६ प्रतिशत महिला रहेका छन् । तथ्यांक अनुसार वाशिंटन डिसीमा पोर्नहबका महिला प्रयोगकर्ता मध्ये ९४ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन् । त्यस्तै टेक्सासमा ९३ प्रतिशत तथा मिचिगनमा ९२ प्रतिशत पोर्नहब प्रयोगकर्ता महिलाले आफ्नो स्मार्टफोनबाट पोर्नहब लगइन गर्ने गरेका छन् ।

 विश्वव्यापी रुपमा मोबाइलबाट पोर्न सामग्री हेर्ने महिलाको अनुपात सबैभन्दा धेरै भएको देश दक्षिण अफ्रिका हो । जहाँ अनलाइन पोर्न हेर्नेमध्ये ९१ प्रतिशतले महिलाले स्मार्टफोनबाट पोर्न हेर्ने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =