ग्रेस इन्टरनेशनलको अन्नपूर्ण होटेलमा निःशुल्क सेमीनार सम्पन्न

असार १९, सोमबार । अस्ट्रेलिया जाने विद्यार्थीहरूलाई लक्षित गर्दै ग्रेस इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीले काठमाण्डौको अन्नपूर्ण होटेलमा निःशुल्क सेमीनार आयोजना गरेको छ । अस्ट्रेलियाको प्रतिष्ठित कलेज सिड्नी मेट्रो कलेजका मार्केटिङ म्यानेजर सुजता चालिसेले अष्ट्रेलियन शिक्षा बारे जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा मेट्रो कलेजका कृष्ती रिकाडसनको समेत उपस्थिति रहेको थियो ।

एसएलसी र प्लस टु उत्तीर्णपछि उच्च शिक्षा अध्ययन गर्न आफूलाई मन पर्ने विषय र कलेजको छनोट गर्न नसक्दा विद्यार्थीहरूमा अन्योलता छाएको हुन्छ । जसले गर्दा एकातिर विद्यार्थीको समय बर्बाद भर्इरहेको हुन्छ भने अर्कोतिर अभिभावकको लाखौँ रुपैयाँ डुब्ने गर्छ । यसै बिचमा विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै आएको ग्रेस इन्टरनेशनलले आज सेमिनारको आयोजना गर्दै विधार्थीको अन्योलताको समाधान गर्न कोसिस गरेको हो । नेपालको काठमाडौँ सहित देशका विभिन्न सहरहरूमा शाखा विस्तार गरी सफलताका साथ सञ्चालन गर्दै आएको ग्रेसले वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थी र अभिभावकहरुको विश्वास जित्दै आएको छ ।

अस्ट्रेलिया र नेपालमा विद्यार्थी र अन्य भिसा सम्बन्धी कार्य भरपर्दो तरिकाले गर्ने संस्थाको रूपमा ग्रेस विधार्थी माझ परिचित छ । सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेशनलले नेपालको काठमाडौँ, चितवन, हेटौंडा र नेपालगञ्जमा शाखा विस्तार गरिसकेको छ । भने, अस्ट्रेलियाको मेलबर्न र एडिलेडमा शाखा खोली विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । यो शैक्षिक संस्थाले अस्ट्रेलियाका १५ भन्दा बढी विश्व विद्यालय र ३० भन्दा बढी कलेजहरुसँग सम्बन्धन प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *