मेस्सी, बार्सिलाेना र उनकाे भविष्य

एजेन्सी । इङ्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाई क्लबमा अनुबन्ध गर्न मोटो रकम खर्चन तयार भएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

बार्सिलोनामा मेस्सीको सम्झौता यसै सिजनमा सकिदैछ । क्लबले मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा बस्ने बताइरहँदा मेस्सीले भने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन् । म्याड्रिडको ‘एस पत्रिका’का अनुसार सिटीले मेस्सीलाई अर्काे ट्रान्सफरमा ३५८ मिलियन पाउण्ड खर्चन तयार रहेको उल्लेख गरे छ ।

स्रोतका अनुसार सिटीले मेस्सीसँग बारम्बार छलफल गरिरहेकाे र छलफल सकारात्मक भइरहेको बताएको छ । यदि मेस्सी सिटीमा अनुबन्ध भए बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओला र मेस्सीको पुर्नमिलन हुनेछ । पेप ग्वार्डिओलाले चारवर्ष अघि बार्सिलोना छाडेका थिए ।

त्यस्तै, बार्सिलोनका अध्यक्ष जोसेफ मारिया बार्टाेमेउले बार्सिलोनामा मेस्सीसँग यसअघि नै नयाँ सम्झौताको लागि सम्पूर्ण प्रक्रिया पूरा भैसकेको बताउँदै आफ्नो समर्थकहरुलाई मेस्सी बार्सिलोनामै रही रहनेमा ढुक्क हुन आग्रह गरेका छन् । बार्सिलोनाले यसै समर ट्रान्सफरमा आफ्ना मुख्य खेलाडी नेयमारलाई गुमाएकाे थियो । नेयमार विश्व कीर्तिमानी मूल्य १९८ मिलयन पाउण्डमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत अगस्टमा अनुबन्ध भएका थिए ।

मेस्सी अहिले सन् २०१८ मा रुसमा हुने रसिया विश्वकप अन्तर्गतको दक्षिण अमेरिकी क्षेत्रको छनोट चरणको खेलमा व्यस्त छन् । मेस्सीकाे कप्तानीमा रहेको अर्जेन्टिनाले बुधवार बिहान ‘गर या मर’ को अवस्थामा इक्वेडरलार्इ ३-१ ले पराजित गर्याे । उक्त खेलमा जित हात पारेकाे अर्जेन्टिना विश्वकपमा छनाेट भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *