मतगणनालाई तीव्रता दिइने

भद्रपुर, १८ असार । झापा जिल्लामा स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनको मतगणना सुस्त एवम् धिमा गतिमा भइरहेको छ । सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा सबै निर्वाचन अधिकृतले सार्वजनिक भएको मतपरिणाम जिल्ला निर्वाचन कार्यालयको सफ्टवेयर राखेर अद्यावधिक नगरेकाले पनि मतपरिणामका बारे अन्योल उत्पन्न भइरहेको प्रमुख जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो ।

मतगणनालाई तीव्रता दिन प्रजिअ उत्तरकुमार खत्रीको अध्यक्षतामा आज बसेको कार्यालय प्रमुखहरुको बैठकमा सबै कार्यालयबाट कम्तीमा चार कर्मचारी उपलब्ध गराउन आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालय झापाका प्रशाकीय अधिकृत चूडाराज भट्टराईले निर्वाचन अधिकृतहरुले आआफ्ना केन्द्रमा निर्वाचनपूर्व र पछि गर्नुपर्ने काम उचित ढङ्गले नगरेका कारण मतगणनामा समस्या आएको टिप्पणी गर्नुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *