कानुन मन्त्री थापा र प्रधानन्यायाधीश पराजुली रुकुममा रमाउदै !

काठमाडौँ, पुष २८ । हाल त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसीले अदालतलाई बयान दिएपश्चात् प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसनरत छन् । तर, प्रधानन्यायाधीस पराजुली जिल्ला अदालतको नयाँ भवन उद्घाटनका लागि रुकुम पुगेका छन् ।

तीन दिनसम्म कष्टपूर्ण जीवन गुजारेका पराजुली मष्तिस्कलाई थोरै भएपनि आराम मिलोस् भन्ने खातिर पनि भवन उद्घाटनका लागि त्यहाँ पुगेको बताइन्छ । रुकुममा बनेको नयाँ जिल्ला अदालतको भवन उद्घाटन गर्न उनीसहित कानुनमन्त्री यज्ञबहादुर थापा, सर्वोच्चका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, कायम मुकायम रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय र न्याय परिषद्का सचिव राजन भट्टराई रुकुम पुगेका हुन् ।

पश्चिमी जिल्लामा थपिएका दुई नयाँ जिल्लामध्ये नवलपरासीमा यसअघि नै अदालत उद्घाटन भइसकेको छ। शुक्रबार भवन उद्घाटनसँगै केही समय त्यहाँ बिताएर प्रधानन्यायाधीश पराजुलीसहितको टोली शुक्रबार नै काठमाडौँ फर्कने छन् ।

यता, अदालतले गोपाल पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेसँगै उनका प्रमाणपत्र सार्वजनिक भएका छन् । प्रधानन्यायाधीश पराजुलीका नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे विवाद भैरहँदा उनका प्रमाणपत्रका प्रतिलिपि सार्वजनिक भएका हुन् । अदालतको अवहेलना मुद्दामा बयान दिने क्रममा डा. गोविन्द केसीले पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको र दुईवटा नागरिकता लिएको लगायतका अभियोग लगाएपछि सर्वाेच्चले प्रधानन्यायाधीश पराजुलीको शैक्षिक योग्यता माग गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =