‘अब इतिहास पढेर भविष्य बन्नेवाला छैन’

                                                 शिशिर सिंखडा, संस्थापक निर्देशक, क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी

उच्च शिक्षाका लागि बाहिर जाने विद्यार्थीलाई लक्षित गरेर क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले देशका विभिन्न शहरहरुमा एजुकेशन सेमिनारकोे गरिरहेको छ ।
एसइई तथा प्लस टू पछि अध्ययन सकेपछि उच्च शिक्षा हासिल गर्न भारत तथा अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई भारत र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय, कलेजका बारेमा जानकारी दिनका लागि सेमिनार गरिएको बताईएको छ । ५ दिनसम्म चल्ने सेमिनार विर्तामोड, दमक, विराटचौक, इटहरी, विराटनगर र धरानमा हुनेछ । एजुकेशन सेमिनारका विषयमा क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडासँग गरिएको कुराकानीको संक्षेपः

शैक्षिक सेमिनार गर्नुको उद्देश्य के हो ?

एसइई तथा प्लस टू उत्तिर्ण गरिसकेका विद्यार्थी र तिनका अभिभावकको मनोभावनालाई बुझेर उनीहरुको शैक्षिक योग्यता अनुसार भोलीको करियर कहाँ लैजाने र कस्ता विषय अध्ययन गर्दा राम्रो हुन्छ भनेर काउन्सेलिङ गर्नका लागि एजुकेशन सेमिनार गरेका हौं । जो विद्यार्थीले एसइई तथा प्लस टू उत्तिर्ण गरेपछि अष्ट्रेलिया र भारत गएर उच्च शिक्षा हासिल गर्छु भनेर सोच बनाएको हुन्छ, उनीहरुलाई सहि काउन्सेलिङ गर्न सेमिनार गरिएको हो ।

एजुकेशन सेमिनारबाट विद्यार्थीले पाउने सेवा केके हुन् ?

यो सेमिनारबाट विद्यार्थीले आफ्नो योग्यता अनुसार कुन विषय अध्ययन गर्दा हुन्छ र कुन विषय अध्ययन गर्न सक्छु भन्ने विषयमा विज्ञबाट परामर्श पाउँछन् । त्यसपछि जो Abroad Study मा जान चाहन्छन् उनीहरुले भारत र अष्ट्रेलियामा रहेका उत्कृष्ठ विश्वविद्यालय, कलेजका बारेमा जानकारी पाउँछन् । यसका अलावा कलेजमा भर्ना हुने प्रक्रिया, भिजा प्रक्रिया तथा भारतमा पढाईहुने विषयहरुका बारेमा जानकारी पाउँछन् । सेमिनारमा आएका भारतीय कलेजले नेपाली विद्यार्थीका लागि ५० प्रतिशतसम्म छात्रबृत्तिको ब्यवस्था गरेका छन् । कतिले अन द स्पट भर्ना पनि गर्छन् ।

नेपालमै गुणस्तरीय शिक्षा हुँदाहुँदै पढ्नकै लागि मात्र किन विदेश जाने ?

नेपालको शिक्षा गुणस्तरीय छैन भनेर हामीले विद्यार्थीलाई बाहिर जानुपर्छ भनेर कहिल्लै भनेका छैनौं । नेपालको शिक्षा गुणस्तरीय नै भएकोले धेरै नेपाली विद्यार्थीहरु विश्वका उत्कृष्ठ शिक्षा भएका देशका विद्यार्थीसँग प्रतिष्पर्धा गर्न सक्छन् ।
Abroad Study मा जानु भनेको विद्यार्थीले शिक्षासँगै आफ्नो करियर उज्वल बनाउनु पनि हो । विदेशको शिक्षा प्रयोगात्मक र सिपयुक्त हुन्छ । अब नेपाली विद्यार्थीले इतिहास पढेर भविष्य बन्नेवाला छैन । त्यहाँ शिक्षा हासिल गर्दैगर्दा करियर निर्माणका राम्रा अवसर पाइन्छ । विदेशमा प्राप्त गरेको शिक्षाले देशका लागि राम्रो काम गर्न सकिन्छ । त्यस कारण Abroad Study मा जान आवश्यक छ । पिआर लिएर विदेशमै सेटल हुने सोच राख्नु भन्दापनि त्यहाँ पाएको ज्ञान सिपलाई आफ्नै जन्मभूमिका लागि प्रयोग गर्छू भन्ने अठोट लिन आवश्यक छ ।

भारतमा के कस्ता विषयहरु अध्ययन गर्दा विद्यार्थीको करियर राम्रो बन्छ ?

भारतमा नेपाल विद्यार्थीहरुले जुनसुकै विषयपनि अध्ययन गर्न सक्छन् । Abroad Study  मा भारत जाने विद्यार्थीले प्राविधिक ज्ञान सहितको शिक्षालाई प्राथमिकता दिनुपर्छ । एसइई तथा प्लस टू उत्तीर्ण गरेका विद्यार्थीहरुको ग्रेडिंगका आधारमा विषय छनौट गर्न सकिन्छ । एसइई पछि प्लस टु र ब्याचलर तहका विभिन्न विषय अध्ययन गर्न सकिन्छ ।  नर्सिङ, इन्जिनियरिङ, म्यानेजमेण्ट, पत्रकारिता, होटल मेनेजमेण्ट, फेसन डिजाइनिङ, आर्किटेक्टर, एग्रिकल्चर, विइ, विटेक, प्लस टु पछि विविए विथ एभिएसन, साइवर सेक्युरिटी एण्ड क्लाउड जस्ता विषय अध्ययन गर्न सकिन्छ ।

क्याम्ब्रिजले भारतका कस्ता कलेजका लागि काम गर्छ ?

हामीसँग भारतका उत्कृष्ठ कलेजहरु रहेका छन् । वर्षौदेखि शिक्षा क्षेत्रमा रहेका भारतका अग्रणी शिक्षाविद्हरुले सञ्चालन गरेका तथा विश्वब्यापी मान्यता पाएका कलेजहरु छन् ।
भारतका एपी गोयल सिमला युनिभर्सिटी, ग्रीनहीलन ग्रुप अफ इन्स्टिच्युट, आइइटी भदल टेक्निकल क्याम्पस, गौतम मेडिकल कलेज, एसजेइएस म्यानेजमेन्ट कलेज जस्ता प्रतिष्ठित कलेजका लागि काम गर्दछौं ।

भारतका कतिपय कलेजले विद्यार्थी ठगे भन्ने कुरा छ, विद्यार्थी अभिभावक कसरी सजग रहने ?

विगतमा भारतका केहि विश्वविद्यालय र कलेजका कारण नेपाली विद्यार्थीलाई समस्या आएको थियो । नेपालमा आधिकारिक कुनै प्रतिनिधी नराखेका, लुकिछिपी नेपाल आएर होटलहरुमा गोप्य सेमिनार गर्ने कलेजहरुका विषयमा विद्यार्थी अभिभावक सजग हुनु पर्छ ।
भारत जाने विद्यार्थी अभिभावकले आफु कुन कलेजमा जाँदैछु, त्यो कलेज कत्तिको आधिकारिक हो, त्यसको इतिहास के छ, नेपाली विद्यार्थी पढेका छन् की छैनन् ? कलेजको शुल्क कस्तो छ, नेपालमा आधिकारिक परामर्शदाता छ की छैन, पाठ्यक्रम के कस्तो छ, होष्टल, सुरक्षा यावत् विषयमा जानकारी लिन आवश्यक छ ।

सेमिनारमा आउने विद्यार्थीलाई के भन्नुहुन्छ ?

हामीकहाँ सेमिनार भन्ने वित्तिकै विद्यार्थी भेला पार्ने र विदेश पढ्न जानुपर्छ भन्ने गलत बुझाई छ । एसइई पछिको उच्च शिक्षाका लागि भारत र अष्ट्रेलिया जान चाहने विद्यार्थीको करियर निर्माणका लागि यस्ता सेमिनार अत्यन्त उपयोगी हुन्छन् । उच्च शिक्षा कहाँ कसरी पढ्ने, कस्ता कलेज राम्रा, आफ्नो विषय र रुचि अनुसार आफ्नो करियर कहाँ राम्रो बनाउन सकिन्छ भन्ने जानकारी यस्ता सेमिनारबाट पाईने हुँदा विद्यार्थी र अभिभावकका लागि अत्यन्त उपयोगी हुन्छन् । सेमिनारमा सहभागी बनेर शैक्षिक लाभ लिउँ भन्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =