सुवेदी दम्पतीको विभत्स हत्या

मंसिर १६, सिमरा । बाराको जितपुर सिमरा उपमहानगरपालिका बजनीमा एक दम्पतीको बिभत्स हत्या एको छ । घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिबार बिहान फेला परेको हो ।

व्यवसायीक गाई पालन गर्दै आएका ३७ वर्षीय दीपक सुवेदीको शव फारम बाहिर परालको टौवा नजिक र र उनकी श्रीमती ३२ वर्षीया दीपाको शव गाई फारमभित्र फेला परेको हो । शव क्षत विक्षत अवस्थामा छ । अनुहार र टाउकोमा गहिरो घाउ छ ।

घरेलु चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको र थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।

हत्या अनुसन्धानको लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीको टोली बारा आएको छ । साथै चुनावको सुरक्षामा खटिएका प्रहरी अधिकारीहरुलाई पनि झिकाएर अनुसन्धान अघि बढाइएको बैदवारले बताए ।

सुवेदी दम्पती गाई फारममा र उनीहरुका छोराछोरी घरमै सुतेका थिए । बिहान गाईहरु धेरै कराएपछि हेर्न जाँदा शव फेला परेको स्थानीयबासीले बताएका छन् ।

उनीहरुको गाई फारम घरभन्दा करिब पाँच सय मिटर टाढा खेतको बीचमा एकान्तमा छ । हत्यापछि हत्यामा संलग्न व्यक्ति गाई फारमको पछाडिबाट भागेको पाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *