अन्तर्राष्ट्रिय भलिबल महासंघका प्रशिक्षक मिट भान नेपाल आउने

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) का प्रशिक्षक मिट भान विजेल साउन दोस्रो साता नेपाल आउने भएका छन् ।

प्रशिक्षक मिट भान विजेल

नेदरल्यान्ड्सका विजेल साउन १० गते नेपाल आइपुग्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले शनिबार संघको बार्षिक कार्यक्रम सार्वजनिकका दौरान जानकारी दिएका हुन् । एफआइभिबीले नेपाली भलिबल टोलीको स्तर उन्नतीमा सहयोग पुर्याउने उद्देश्यका साथ आफ्ना प्रशिक्षक पठाउन लागेको चन्दले बताए । विजेलको आतेजाते हवाइ टिकट भने नेदरल्यान्ड्स भलिबल संघले बेहोर्ने जनाइएको छ । काठमाडौं रहँदाको खर्च भने भलिबल संघले बेहोर्नेछ ।

‘डेनमार्कको भिदोवर क्लब र नेपाली राष्ट्रिय पुरुष टोली बीच असोजमा हुने मैत्रीपूर्ण खेलको तयारीका लागि नेदरल्यान्ड्सका प्रशिक्षक नेपाल आउँदैछन्’ महासचिव चन्दले भने, ‘यहाँ बस्दा प्रशिक्षकले नेपाली टोलीलाई प्रशिक्षण दिनुका साथै नेपाली प्रशिक्षकलाई समेत पुर्नताजकी तालिम दिनेछन् ।’ केही साता अघि नेपाली टोलीले डेनमार्कको यात्रा गरेको थियो । त्यहि दौरान भिदोवर नेपाल आउने कार्यक्रम तय भएको थियो ।

विजेलको आगमपछि नेपाली भलिबलको स्तर सुधारिएको खण्डमा भविष्यमा पनि त्यस्ता प्रशिक्षक उपलब्ध गराइदिन एफआइभिबीसँग आग्रह गरिने चन्दले बताए । विजेल महिना दिन भन्दा लामो समय नेपालमा रहने चन्दले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *