गौचनको अन्त्येष्टि आज गरिने, शहीद घोषणा गर्ने तयारी

२०७४ जेठ १५ गते

काठमाडौं, असोज २६ । सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज (बिहीबार) गरिने भएको छ । बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय गरेको हो ।
महासंघले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा शव बुझिन लागिएको हो । गौचनको शवलाई बिहीबार(आज) महसंघको कार्यालय अनामनगरमा राखे पश्चात अन्त्येष्टि गरिने महासंघले जनाएको छ । मृतक गौचनका काका ओमकार गौचनले गृहमन्त्रीले शहीद घोषणाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया चाल्न निर्देशन दिइसकेकाले शव बुझ्न ढिलाई नगर्न आग्रह गरेका हुन् ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित