अमेरिकामा नेपाली विद्यार्थीमाथि गोली प्रहार


कात्तिक १८, काठमाडौं । अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी ज्वाला कार्कीमाथि माथि गोली प्रहार भएको छ । आफ्नै अपार्टमेन्टको लण्ड्रीमा रहेकी कार्कीमाथि लुटेराले ७ राउण्ड गोली प्रहार गरेको हो । एल सेन्ट्रो कलेजमा अध्ययनरत कार्कीको अहिले पार्कल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
विद्यार्थी भिसामा रहेकी उनीसँग प्रर्याप्त रकमको अभाव रहेकाले उपचारका लागि रकम आवश्यक रहेको भन्दै नेपाली समाज टेक्सासले गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिरहेको छ ।
नेपाली समाज टेक्सासका तर्फबाट सुमन कार्की, कृष्ण लामिछाने, कमल सत्याल र जुबिन राजभण्डारीले सहयोग संकलन अभियान संचालन गरेका हुन् । २५ हजार डलरको लक्ष्य सहित सहयोग संकलन अभियान चलाइएको छ ।
गोली प्रहारबाट पनि बाँच्न सफल भएकोमा पुनर्जीवन प्राप्त गरेपछि घाइते कार्की खुशी छिन् ।
