फुल मन्त्रीलाई पाखा लगाएर देशको ढुकुटी लुट्ने राज्यमन्त्रीहरु (सूची हेर्नुहोस्)

काठमाडौँ, असोज २७ । अनुगमन आतंक छ सिंहदरबारतिर । फुल मन्त्रीले भन्दा राज्यमन्त्री देशको ढुकुटी कसरी लुट्दारहेछन् भन्ने रहस्य फेला परेको छ । पत्याउँनुुहुन्छ ! मन्त्रीले अनुगमन मूल्याङ्कन भ्रमणको नाममा स्वकीय सचिवलाई फर्जी बिल बनाउँन लगाएर सिंहदरबारको कोठाभित्र झिंगा धपाएर लाखौँ रकम लुटेको । भोलि शनिबारदेखि सांसदहरुको जागिर जाने आयु एक दिन बाँकी रहनु र चार जना राज्यमन्त्रीहरु थपेर तीस जना पुर्याएको दिन फर्जी बिल बनाएर देश लुट्ने मन्त्रीहरुको विवरण सार्वजनिक भएको छ ।

अनुगमन मूल्याङ्कन भ्रमण मै नगई राज्यमन्त्रीले पटक पटक गरी मन्त्रीले भन्दा बेसी रकम असुलेको भेटिएको छ । मन्त्रीले भ्रमण खर्चबापत् साढे एक लाख हात पार्दा राज्य मन्त्रीले दोब्बर रकम हात पारेका छन् । मन्त्रीहरुलाई आफूहरू कुन अनुगमनमा गएको त्यो नै थाहा छैन तर स्वकीय सचिवमार्फत लाखौँ रकम हात पारेका छन् ।

वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द

आफ्नो मन्त्रीभन्दा बेसी भ्रमण खर्च हात पार्ने राज्यमन्त्री हुन्, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द । वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले भ्रमण खर्चबापत् एक लाख ८४ हजार चार सय शुभलाभ हात पार्दा राज्यमन्त्री चन्दले दुई लाख ७२ हजार एक सय बुझेका छन् । भ्रमण खर्चबापत् सबैभन्दा कम रकम कानुन न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले बुझेका छन् ।

स्वकीय सचिव राजु पाख्रिनमार्फत् ३२ हजार चार सय २५ रुपैयाँ लिएका छन् भने दोस्रो किस्ताबापत् २८ हजार दुई सय ५० बुझेका छन् । दुई पटक भ्रमण गरेबापत् ६० हजार छ सय २५ रुपैयाँ लिएको भेटिएको छ । नेपाल आयल निगमको जग्गा खरिदमा घोटला भएपछि अनुगमनमा गएको तर खर्च कति भयो र आफूमार्फत् मन्त्रीले कति रकम लिए भन्नेबारेमा आफू अनभिज्ञ रहेको सचिव पाख्रिन बताउँछन् । ‘निगमको जग्गा अनुगमनमा मसहित तीन जनाको टोली गएका हौँ । तर, खर्चबारे थाहा छैन त ।’ धादिङमा रहेका सचिव पाख्रिनले फोनमा भने । तर, यता प्रधानमन्त्री कार्यालयको वेबसाइटमा उनीमार्फत् मन्त्रीले दुई पटकको भ्रमण खर्च बुझेका छन् ।

यता,विवादित उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले एक पटक भ्रमण गरे खर्चबापत् स्वकीय सचिव सम्पूर्णमान् श्रेष्ठमार्फत् ३१ हजार चार सय हात पारेका छन् ।

कानुन न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन

मन्त्रीलाई भ्रमण गरेको थाहा छैन
आफूले कुन भ्रमण गरेको थाहा नपाउँने कानुन न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन अनकनाउँदै मकालु खबरसँग भने‘के अनुगमन हो ? त्यो त सम्झिनै पर्छ । अनुगमन गरेको धेरै भइसक्यो । त्यसैले बिर्सि पो सके हौँ ।’ उनले अनकनिदैँ भने । तर, स्वकीय सचिवपार्फत् आफूले दुई पटक भ्रमण खर्चबापत् ६० हजार बेसी रकम लिएको बारे जानकारी गराउँदा आफू संसद्को बैंठकमा रहेको बताउँदै,‘ कुन भ्रमणमा गएको भेउ पाउँनै सकिन । भरै भोलि भेटौँला है ।’ त्यसपछि फोन काटे ।

त्यसपछि स्वकीय सचिव राजु पाख्रिनलाई दोस्रो चोटि फोन सम्पर्क गर्दा फोन उठाए तर भ्रमणबारे अन्योलता देखाउँदै नेपाल निगम जग्गा खरिदको अनुगमनमा आफूसहित तीन जनाको टोलीमा गएको सम्झिए । ‘नेपाल आयल निगमको जग्गा घोटला हुँदा मसहित तीन जनाको टोली तराई झरेका थियौँ । त्यहीँ अनुगमन हो ।’ तर, आफूमार्फत मन्त्रीले दुई पटक भ्रमण खर्चबात ६० हजार रकम लिएको बारे जानकार नभएको बताउँछन् ।

हेर्नुहोस् भ्रमण खर्चबापत् कसले कति लुटे ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =