इङल्याण्डले अष्ट्रेलियालाई पराजित गरेसँगै बंगलादेश सेमिफाइनलमा प्रवेश

आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली इङल्याण्डले अष्ट्रेलियालाई पराजित गरेसँगै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह ‘ए’को अंक तालिकामा शीर्ष स्थानमा रहेको इङल्याण्डले शत प्रतिशत जित हात पार्दै ३ खेलमा ६ अंक जोडेको छ भने ३ खेलमा १ जित, १ हार र १ बराबरी सहित ३ अंक बोकेको बंगलादेश दोश्रो चरणमा पुगेको हो । अष्ट्रेलियाको पहिलो २ खेल वर्षाका कारण सम्भव नभएपछि उसले न्युजील्याण्ड र बंगलादेशसँग अंक बाँडेको थियो।

शनिबार भएको खेलमा पनि वर्षा बाधक बनेपछि डकवर्थ लेविस नियमबाट नतिजा निकालिएको थियो। अष्ट्रेलियाले यस प्रतियोगितामा कुनै खेलमा पनि पूर्ण रुपमा खेल्न पाएन।

बंगलादेशले सेमिफाइनलमा भारत र दक्षिण अफ्रीका बिचको खेलको विजेतासँग खेल्नेछ भने इङल्याण्डले श्रीलंका र पाकिस्तान बिचको खेलको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =