तिन पटक ओस्कार जितेका अभिनेता लुसले सन्यासको घोषणा गरेपछि

असार ७ – ओस्कार विजेता अभिनेता ड्यानियल डे–लुसले अभिनयबाट सन्यासको घोषणा गरेका छन् । ६० वर्षका अभिनेता डे–लुइसले वक्तव्य जारी गर्दै अबदेखि अभिनेताका रुपमा काम नगर्ने घोषणा गरेका हुन् ।

उनले अभियनबाट सन्यास लिने निर्णय व्यक्तिगत रहेको र आफ्ना सहकर्मी तथा दर्शकप्रति निकै आभारी रहेको बताएका छन् । बेलायत तथा आयरल्याण्डका नागरिक डे–लुइसले सर्वोत्कृष्ट अभिनेताका लागि तीन पटक ओस्कार अवार्ड जितेका छन् ।

उनले माई लेफ्ट फुट (१९९०), देअर विल बि ब्लड (२००८) र लिंकन (२०१३) चलचित्रमा गरेको अभिनयका लागि ओस्कार अवार्ड जितेका हुन् । डे–लुइसले किशोरका रुपमा सन् १९७१ मा सनडे ब्लडी सनडेबाट अभियन यात्रा सुरु गरेका थिए ।

उनका चर्चित चलचित्रमा द लास्ट अफ दि मोहिकन्स, इन द नेम अफ द फादर, द बक्सर, ग्यांग्स अफ न्युयोर्कसहितका चलचित्रका पर्छन् । डे–लुइसको अन्तिम चलचित्र पउल थोमस एन्डरसनको निर्देशनमा बनेको फ्याटम थ्रेड हो । सन् १९५० को दशकको लण्डनको फेसन जगतमा आधारित यो चलचित्र यहि वर्ष प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =