गठबन्धनका ३ गाँठा: मुल नेतृत्व कस्तो-कसको ?

“
काठमाडौं, पुस २२ । राष्ट्रिय सभागृहबाट असोज १७ मा बाम गठबन्धन घोषणा गर्दा एमाले र माओवादी केन्द्रका नेताहरुले भनेका थिए, – ‘चुनावलगत्तै पार्टी एकता गर्छौ ।’ त्यो घोषणालाई मुर्तरुप दिन ‘पार्टी’ एकता संयोजन समिति’ ले काम गर्ने भनिएको थियो ।
गठबन्धनको घोषणा सार्वजनिक गरिएको ६ बुँदे सहमतिको पहिलो बुँदामै उल्लेख भएअनुसार समिति बनेको हो । समितिलाई पार्टी एकताको विस्तृत खाका र कार्ययोजना तयार पार्ने जिम्मेवारी छ ।
तर चुनावपछि उक्त समितिको एउटै बैठक बस्न सकेको छैन । बैठक बस्नुअघि दुवै दलका अध्यक्षले छलफलका औपचारिक एजेन्डा तयार गर्ने भनिएको थियो । दुवै औपचारिक एजेन्डा प्रारिम्भक खाकामा सहमति बनेको छैन ।, आजको कान्तिपुरमा यो खबर छ ।
मुल नेतृत्व कस्तो/कसको ?
एमाले र माओवादी केन्द्रबीच सबभन्दा ठुलो विवाद एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा छ । माओवादीले तत्कालका लागि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई नै प्रस्ताव गरेको छ ।
तर, एमालेबाट प्रधानमन्त्री हुँदा एकीकृत पार्टीको अध्यक्ष दाहाल हुुनुपर्ने माओवादीको दावी छ । यो विषयमा ओली र दाहाल आफैँले औपचारिक मुख खोलेका छैनन् ।
“








