‘अपाङलाई सेतो छडी, वृद्धवृद्धालाई लठ्ठी’


धरान, माघ ६, शाररीक अपाङता, दृष्ट्रिवीहिन तथा वृद्धवृद्धाहरुलाई सम्यक शिक्षा समूहले बैशाखी, सेतो छडी, लठी तथा कम्बल प्रदान गरेको छ । संस्थाले आज धरान १२ स्थित स्वयम्भू चैत्य महाविहारमा एक कार्यक्रमका बीच २३ जनालाई सो सामग्री प्रदान गरेको हो ।
सुनसरीका दृष्ट्रिवीहिन र फरक क्षमता भएका व्यक्तिहरुलाई हरेक वर्ष काष्ठमण्डप रोटरी क्लबको प्रायोजनमा यस्ता सामग्री प्रदान गरिदै आएको क्लबका पुर्व अध्यक्ष निरन्जन भटटराईले जानकारी दिए ।
कार्यक्रममा सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि प्रदिप भण्डारीले सो सामग्री प्रदान गरेका थिए ।
यसैबीच काष्ठमण्डप रोटरी क्लबका पुर्ब अध्यक्ष उपेन्द्र पौडेलले सुनसरीका द्धृष्टीबिहिन बिनिता सतारलाई नगद दुई हजार ५ सय समेत प्रदान गरेका छन् । त्यस्तै सम्यक शिक्षा समुहले आफना गतिबिधिमा योगदान पु¥याएको भन्दै यसवर्ष धरानका कृत्रि टेलिभिजनमा कार्यरत्त मोहन श्रेष्ठलाई सम्मान समेत गरेको छ । श्रेष्ठलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि विक्रम श्रेष्ठलाई सम्यक शिक्षा समूहले सम्मान पत्रले सम्मानित गरेको थियो । कार्यक्रममा काष्ठमण्डप रोटरी क्लबलाई पनि सम्यक शिक्षा समूहले प्रंससा पत्र प्रदान गरेको थियो ।
रोटरी क्लबले विगत ५ वर्षदेखि निरन्तर रुपमा फरक क्षमता भएका र दृष्टिविहीनहरुलाई सामग्रीहरु प्रदान गर्दै आइरहेको समुहका सल्लाहकार बिद्या शाक्यले जानकारी दिए ।
