मेक्सिको कन्फिडरेशन कपको सेमिफाइनलमा प्रवेश

२०७४ जेठ १५ गते

असार ११ । आयोजक रुसलाई रोमाञ्चक खेलमा २–१ गोलले पराजित गर्दै मेक्सिको कन्फिडरेशन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एक गोलले पछाडि परेको स्थितिलाई उल्टाउँदै मेक्सिको समूह ‘ए’ मा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। यो समूहमा ३ खेल खेलेर समान ७ अंक बटुले पनि गोलअन्तरका आधारमा पोर्चुगल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो।
पोर्चुगलले शनिवार भएको खेलमा न्युजिल्यान्डलाई ४–० ले हरायो । आयोजक रुसविरुद्ध २५ मिनेटमा मेक्सिको एक गोलले पछाडि परिसकेको थियो । तर, त्यसको ५ मिनेटमै मेक्सिकोले गोल फर्काउन सफल भयो । ३० मिनेटमा नेस्टोर अराउजोले गोल फर्काएका थिए । अर्को गोल ५२ मिनेटमा हिर्भिङ लोजानोले गरे ।
मेक्सिकोले सेमिफाइनलमा समूह बीको विजेता टोलीसँग भिडन्त गर्नुपर्नेछ। यस्तै, पोर्चुगलको भिडन्त समूह बीको उपविजेतासँग हुनेछ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित