मेरो उम्मेदवारी जनताको लागि: भगवती चौधरी

कार्तिक १६, सुनसरी । नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ की उम्मेदवार भगवती चौधरीले आफ्नो उम्मेदवारी सम्पूर्ण महिलाहरूको मुक्ति र हक अधिकारका लागि भएको बताउनु भएको छ । सुनसरी क्षेत्र नं. ३ का लागि बाम गठबन्धनबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउँदै चौधरीले ग्रामीण क्षेत्रमा रहेका महिलाहरूको विकास र सुनसरी क्षेत्र नं. ३ को सर्वाङ्गिण विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको हो ।

निर्वाचन कार्यालय सुनसरीमा आफ्नो उम्मेदवारी दर्ता गराउँदै उहाँले भन्नु भयो । ‘विगतमा सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्नेले त्यहाँको विकासमा कुनै ठोस योजना ल्याउन सकेको छैन । मेरो उम्मेदवारी त्यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय विकासका लागि हो ।’

नेतृ चौधरीले सामाजिक आर्थिक र सांस्कृतिक रूपमा पछि परेका महिला तथा युवाहरूलाई प्राविधिक शिक्षा र सिपमुलक तालिम प्रदान गर्दै उनीहरूलाई स्वरोजगार बनाउनु आफ्नो लक्ष्य रहेको बताउनु भयो । उहाँले क्षेत्र नं. ३ कृषि क्षेत्रको उर्वर भूमि भएकोले सो क्षेत्रमा व्यावसायिक कृषि उत्पादनमा विशेष जोड दिने बताउनु भयो । उहाँले नेकपा एमालेले प्राविधिक शिक्षाका लागि विशेष जोड दिएकोले सोही क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘मेरो उम्मेदवारी जनताको लागि यो देश र यो ठाउँको विकासको लागि हो ’ उहाँले भन्नु भयो ।

दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारसँग प्राविधिक कारणले हार ब्यहोर्नु भएको चौधरीले विगतमा जितेर गएकाले जनताले पाउनु पर्ने विकास गर्न नसकेको भन्दै आफूले जितेर आए सो क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्ने प्रण गर्नुभयो ।

हज्जारौं जनताहरू सहित निर्वाचन कार्यालय इनरुवा उम्मेदवारी दर्ता गर्न जानु भएकी चौधरीले यस पटक पनि पुरानै व्यक्तिलाई शासन सत्तामा पुर्याए सो क्षेत्रको विकास हुन नसक्ने ठोकूवा पनि गर्नुभयो । सुनसरी जिल्लाका अन्य क्षेत्र विकास र सचेतनाले धेरै अघि बढेको स्मरण गर्दै नेतृ चौधरीले ३ नंं क्षेत्रको विकासमा नेतृत्व तहमा पुगेकोले कुनै काम नगरेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *