च्याम्पियन्स लीगः कसले रच्ला इतिहास

टंक ढकाल, काठमाडौँ । घरेलु लिगको उपाधि उचालेर उत्साहमा रहेका दुई टिम युरोपको प्रतिष्ठित प्रतियोगिता च्यापिन्यस लिग फुटबलको यो सिजनको उपाधिका लागि शनिवार राति खेल्दैछन् । वेल्सको कार्डिफमा रहेको मिलेनियम रङ्गशालामा स्पेनको च्याम्पियन तथा साबिक विजेता रियल मड्रिड र इटालीको च्याम्पियन युभेन्टसले को अब्बल भन्ने क्षमता पुष्टि गर्न भरमज्दुर प्रयत्न गर्नेछन् ।
युरोपियन कपरच्याम्पियन्स लिग गरी अहिलेसम्म ११ पटक उपाधि जितेको रियल मड्रिड यस पटक पनि उपाधि जित्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो वर्ष उपाधि जित्ने पहिलो टिम बन्ने लक्ष्यमा छ । युरोपियन कपका नामले प्रतियोगिता हुँदा एसी मिलानले सन् १९८९ र १९९० मा उपाधि जितेपनि च्याम्पियन्स लिगका नामबाट अहिलेसम्म लगातार दुई वर्ष कुनै टिमले उपाधि जितेका छैनन् । रियल मड्रिडले गएको वर्ष घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडलाई हराएर उपाधि जितेको थियो । यस्तै शनिवार मैदान उत्रदा इटालियन च्याम्पियन युभेन्टस चौथोपटक उपाधि उचाल्ने लक्ष्यमा हुनेछ । आजको खेल जिते रियल मड्रिडको पछिल्लो चार वर्षमा तेस्रो उपाधि हुनेछ । पछिल्लो पटक सन् १९९६ मा उपाधि उचालेको युभेन्टस उपाधिको लामो भोक मेटाउने ध्यान्नमा छ । विश्व फुटबलका महारथी खेलाडी रियल मड्रिडको बलियो पक्ष हो भने विपक्षीलाई त्रस्त बनाउने आक्रमण र बलियो रक्षापंती युभेन्टसको हतियार हो ।

रियल मड्रिड र युभेन्टसः विगत

कार्डिफ फाइनल रियल मड्रिड र युभेन्टसबिच युरोपियन कपरच्याम्पियन्स लिग मा १९ औँ भेट हो । यो प्रतियोगिताको इतिहासमा सबैभन्दा धेरैपटक खेलिएको दोस्रो फिक्सर हो । प्रतियोगितामा बार्यन म्युनिख र रियल मड्रिडबिच २४ पटक खेल भएको छ ।
यसअघिका १८ खेलमा रियल र युभेन्टस दुवैले ८र८ खेल जितेका छन् । दुई खेलमा बराबरी भएको छ । पछिल्लो पटक यी दुई बिच फाइनलमा सन् १९९८ को भेट भएको थियो । त्यसमा रियल मड्रिड १–० को जितसहित उपाधि उचाल्न सफल भयो । आजको खेलमा युभेन्टस रियलसँग यो हारको बदला लिने चाहनामा पनि हुनेछ ।

च्याम्पियन्स लिगमा रियल मड्रिड र युभेन्टस

रियल मड्रिड घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिड तथा युभेन्टस मोनाकोलाई पाखा लगाउँदै कार्डिफ फाइनलका लागि टिकट काटेका हुन् । रियल मड्रिड योसहित कीर्तिमानी १५ पटक फाइनलमा पुगेको हो ।
उसले यसअघि भएका १४ फाइनलमा ११ पटक जितेर उपाधि जतेको छ । यस्तै नवौँ पटक फाइनलमा पुगेको युभेन्टस यसअघिका ८ फाइनलमा दुई पटक मात्र सफल भएको छ भने बाँकी ६ पटक उपाधि उचाल्न नपाएर चुक्चुकाएको छ । फाइनलमा कुनै टिम ६ पटक हार्नु यो प्रतियोगिताको कीर्तिमान हो ।

युभेन्टसको यसअघिका फाइनल

सन् १९७२/७३ः अजाक्ससँग १–० ले पराजित ।

सन् १९८२/८३ः ह्यामबर्गसँग १–० ले पराजित ।

सन् १९८४/८५ः लिभपुरसँग १–० ले विजयी ।

सन् १९९५/९६ः अजाक्ससँग टाइब्रेकरमा ४–२ ले विजयी ।

सन् १९९६/९७ः बोरुसिया डर्टमुण्डसँग ३–१ ले पराजित ।

सन् १९९७/९८ः (लगातार तेस्रो सिजन फाइनल) रियल मड्रिडसँग १–० ले पराजित ।

सन् २००२/०३ः एसी मिलानसँग टाइब्रेकरमा ३–२ ले पराजित ।

सन् २०१४/१५ः बार्सिलोनासँग ३–१ ले पराजित ।

रियल मड्रिडको यसअघिका फाइनल

सन् १९५५/५६ः रिइम्ससँग ४–३ ले विजयी ।

सन् १९५६/५७ः इटालियन क्लब फियोरेन्टिनासँग २–० ले विजयी ।

सन् १९५७/५८ः एसी मिलानसँग अतिरिक्त समयमा ३–२ ले विजयी ।

सन् १९५८/५९ः रिइम्ससँग २–० ले विजयी ।

सन् १९५९/६०ः (लगातार पाँचौँ पटक फाइनलमा) फ्र्याँकफर्टसँग ७–३ ले विजयी ।

सन् १९६१/६२ः रियल बेन्फिकासँग ५–३ ले पराजित ।

सन् १९६३/६४ः इन्टर मिलानसँग ३–१ ले पराजित ।

सन् १९६५/६६स् पार्टिजनसँग २–१ ले विजयी ।

सन् १९८०/८१ः लिभरपुलसँग १–० ले पराजित ।

सन् १९९७/९८ः युभेन्टससँग १–० ले विजयी ।

सन् १९९९/२०००ः भ्यालेन्सियासँग ३–० ले विजयी ।

सन् २००१र/०२ः बार्यर लेभरकुसनसँग २–१ ले विजयी ।

सन् २०१३/१४ः एथ्लेटिको मड्रिडसँग ४–१ ले विजयी ।

सन् २०१५/१६ः एथ्लेटिको मड्रिडसँग टाइब्रेकरमा ५–३ ले विजयी ।

रियल मड्रिड अर्थात् युरोपको राजा

रियल मड्रिड युरोपियन कपरच्याम्पियन्स लिगको फाइनलमा सबैभन्दा धेरैपटक पुग्ने क्लब हो । रियल अहिलेसम्म १५ पटक फाइनलमा पुगेको छ । दोस्रो स्थानमा एसी मिलान छ । मिलान ११ पटक फाइनलमा पुगेको छ । सन् १९५६ देखि १९६० सम्म लगातार पाँचपटक उपाधि जितेपछि रियल मड्रिड पहिलो पटक लगातार दुई सिजन फाइनलमा पुगेको हो । रियल मड्रिडले च्याम्पियन्स लिगमा अहिलेसम्म चार सय ९९ गोल गरेको छ । च्याम्पियन्स लिगमा ५०० गोल गर्ने पहिलो टिम बन्नका लागि उसलाई अब मात्रै एक गोलको खाँचो छ । रियल मड्रिडले यसअघिका १४ फाइनलमा ११ पटक जितेको छ ।

बुफोनका लागि अन्तिम मौका

युभेन्टसका गोलरक्षक जियालुइजी बुफोनका लागि कार्डिफ फाइनल च्याम्पियन्स लिगको उपाधि जित्ने अन्तिम मौका हो । ३९ वर्षका बुफोन यो सिजनपछि नखेल्ने सम्भावना बढी छ ।
शनिवारको खेल जितेमा उनको खेल जीवनमा पहिलो च्याम्पियन्स लिग उपाधि हुनेछ भने प्रतियोगिताको इतिहासमा बढी उमेरमा उपाधि पनि । बुफोनले अर्को वर्ष हुने विश्वकपपछि सन्यास लिने घोषणा गरेका छन् ।

रोनाल्डो र कीर्तिमान

च्याम्पियन्स लिगमा एक सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका रोनाल्डो टिमलाई लगातार दोस्रो वर्ष उपाधि दिलाउँदै अर्को कीर्तिमान बनाउने सँघारमा छन् । रियल मड्रिडले प्रतियोगितामा यो सिजन अहिलेसम्म १२ खेलमा ३२ गोल गरेको छ । त्यसमा १० गोल त रोनाल्डो एक्लैले गरेका छन् । थप दुई गोल गरेमा रोनाल्डो प्रतियोगितामा यो सिजनको सर्वा्धिक गोलकर्ता बन्नेछन् ।
११ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सी यो सिजनको सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । रोनाल्डोले फाइनलमा एक गोल गरेमा मेस्सीसँग बराबरी गर्नेछन् भने दुई गोल गरेमा सर्वा्धिक गोलकर्ताको पगरी गुथ्नेछन् । यस्तै यो फाइनल ग्यारेथ बेलका लागि निकै रोमाञ्चक छ किनकि उनले घरेलु मैदानमा युरोपको प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल्दैछन् ।
फाइनल खेल सुरुवातको सिट्टी शनिवार राति साढे १२ बजेपछि मात्र बज्नेछ तर आफ्नो टिमले जित्ला कि नजित्ला भन्ने कौतुहलताको ढ्याङ्ग्रो भने खेलाडी, क्लबका पदाधिकारी र समर्थकको मुटुमा बज्न थालिसकेको छ ।
–स्रोत–युइएफए, बिबिसी र रोयटर्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =