सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल आजदेखि धनगढीमा सुरु

काठमाडौं, पुस २१ । निजी क्षेत्रको सर्वाधिक धनराशी पुरस्कार भएको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल आजदेखि धनगढीमा सुरु हुने भएको छ ।

दिउँसो १ बजे धनगढीको क्षेत्रीय रंगशालामा प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नम्वर ५ बाट नेपाली कांग्रेको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बन्नुभएकी डा. आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

औपचारिक रुपमा उद्घाटन कार्यक्रमसँगै प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाडौंको ए डिभिजन क्लव च्यासल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

माघ १ गतेसम्म आयोजना हुने दोस्रो संस्करणको प्रतियोगितामा नेपालका चर्चित फुटबल क्लब मनाङ मर्स्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, काठमाडौं, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब, र थ्री स्टर क्लब गरी १२ वटा एडिभिजन क्लबले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताको दोस्रो संस्करणका बिजेतालाई ११ लाख ११ हजार १११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ ।

यस्तै विभिन्न विधाका उत्कृष्टहरुलाई १५/१५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता ओम चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 11 =