धनकुटालाई राजधानी माग्दै बालुवाटार घेराउ

काठमाडौँ, पुस २० । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक राजधानी निर्माण समिति धनकुटाले धर्ना र घेराउ गरेको छ ।

प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशको राजधानी धनकुटालाई तोक्न निर्णयसमेत गरिदिन माग गर्दै आज बालुवाटारमा बिहान ८ बजेदेखि ११ बजेसम्म धर्ना र घेराउ गरिएको नेपाली काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

धर्ना तथा घेराउ कार्यक्रममा प्रदेशसभाका सदस्य इन्द्रमणि पराजुली, बिना राई, कुसुमकुमारी श्रेष्ठ, आरसी तुम्बा, पूर्वसांसद मनोहर नारायण श्रेष्ठ, अभियान समितिका संयोजक उमेश घिमिरेलगायतले धनकुटालाई राजधानी घोषणा नगरेसम्म सशक्त आन्दोलन जारी राख्ने बताए ।

समितिले प्रादेशिक राजधानीको माग गर्दै प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई सात लाखभन्दा बढीको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको सचिव राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =