अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

काठमाडौं, पुस २० । काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको आयोजना नेपाल राष्ट्रिय दोर्जे शुम्देन समाजले गरेको हो ।

सम्मेलनमा नेपाल, चीन, श्रीलंका, ईटली, अमेरिका, जर्मनलगायत ८० राष्ट्रका वौद्ध धर्मावलम्बीको सहभागिता छ । सम्मेलनमा गौतम बुद्धले विश्वका लागि दिएको शान्तिको अवधारणाबारे छलफल हुनेछ । सहभागी बौद्ध धर्मगुरुहरुले बुद्धको ज्ञान विश्वमा शान्ति कायम गर्नका लागि उपयोगी भएकाले सबैले व्यवहारिक रुपमा पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनको उद्घाटन रक्षामन्त्री भिमसेनदास प्रधानले गरे ।

को हुन् गौतम बुद्ध ?

गौतम बुद्धको जन्म इसापूर्व ५६३ मृत्यु इसापूर्व ४८३ नेपालको लुम्बिनी अंचलको कपिलवस्तु जिल्लामा भएको हो । उनी विश्वका प्राचीनतम धर्महरूमध्येको एक बौद्ध धर्मका प्रवर्तक हुन् । शाक्य नरेश शुद्धोधनको घरमा जन्मेका सिद्धार्थ विवाहपछि नवजात शिशु राहुल र श्रीमती यशोधरालाई छोडेर संसारको जरा, मरण तथा दु:खबाट मुक्ति दिलाउने मार्गको खोजीमा राती दरबार छोडेर जंगल पसेका थिए । वर्षोंको कठोर साधना पछि बोध गया (बिहार) को बोधी वृक्षमुनि उनलाई ज्ञान प्राप्त भयो र उनी सिद्धार्थबाट बुद्ध बने ।

गौतम बुद्धलाई कतिपय विद्वानले ‘ठूलो मान्छे’ अथवा ‘महामानव’ भनेर उनको व्यक्त्तित्वलाई चिनाउने काम गरेको छन् भने कतिपय अध्येता, चिन्तकहरूले परमेश्वरको अवतार अथवा ‘ईश्वर’ ठानेर उनको व्यक्त्तित्वलाई परिभाषित गर्ने कार्य गरेका छन् । गौतम बुद्धलाई तपाईं भगवान् हो कि मनुष्य हो के भनेर सोध्दा उनले म यी दुवै होइन, मलाई बुद्ध भनेरमात्रै चिन्नुस् भनेर जवाफ दिएका थिए भन्ने भनाइ सुन्नमा आउँछ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twelve =