एमाले मेयर पदका उम्मेदवारलाई नयाँ शक्ति र राप्रपाको समर्थन
२०७४ जेठ १५ गते

६ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा दुई साना दलले मेयरमा एमाले मेयर पदका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । नयाँ शक्ति नेपालका पदमवहादुर खत्री र राप्रपाका उम्मेद्वार निर्मला पाण्डेयले एमालेका मेयरका उम्मेदवार डिल्लीराज भुसाललाई समर्थन गरेका हुन् ।

खत्री र पाण्डेयले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् नगरको उपमेयर तथा वडाहरुमा भने दुबै दलको उम्मेदवारी कायमै छ ।
नगरमा कांग्रेसको मत बलियो मानिएको छ । तर, थपिएका गाविसहरुमा राम्रो जनमत भएको एमालेलाई नयाँ शक्ति र राप्रपाले पनि समर्थन गरेपछि प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।
नगरमा आफ्नो ५ सय भन्दा बढी मत रहेको राप्रपाको दाबी छ । यस्तै, नयाँ शक्तिले ३ सय ५० भन्दा बढी मत रहेको बताएको छ । कांग्रेसले मेयरमा भुनवप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








