गजल

 

खै कति पुकारुँ भगवान अब त अति भयो

भक्तको कुरा नसुन्ने कसरी पशुपति भयो ।

 

हामी भगवान भरोसामा ढुङ्गा ढोगेर बस्यौँ

जति पुजापाठ गरेर बस्यो उति क्षती भयो ।

 

देउताले रक्षा गर्न हो या त बिगार्न हो

जति धेरै ढोग्दै गयो उती कुमती भयो ।

 

सायद धेरै भएर हो पुकारेको मैले बुझेँ

यसैमा चित्त बुझाउनु भरोसा जती भयो ।

 

बाल, बृद्धको के कुरा जवानकै हालत भो

खै किन किन मेरो आत्मा भतभती भयो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *